पर्वतको खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र स्थापना
पर्वत/पर्वतको कुस्मा नगरपालिका ४ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
स्थानियतहमा उपचार गराउन सहज बनाउने उद्देश्यले सहरी स्वास्थ्य केन्द्र स्थापना भएको हो ।
स्वास्थ्य केन्द्र हिमालय माबिको भवनमा स्थापना गरिएको छ । गाउँमा केन्द्रमा रहेको गरिब र बिपन्न बर्गका नगरिकमा अझै पनि आधारभुत स्वास्थ सेवा पुग्न नसकेको अवस्थामा स्वास्थ्य केन्द्र स्थापना भएपछि जनतालाई सहज स्वास्थ सेवा प्रवाह गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा फडिन्द्र बरालले बताउनुभयो । शहरी स्वास्थ्य केन्द्र मार्फत गर्भवति परिक्षण, खोप सेवा, बिभिन्न रोगको परार्मस लगायत सरकारले शिुल्क प्रदान गरेका सबै खाले औषधि निशुल्क प्रदान हुने समेत जनकारी दिनुभयो ।आधरभुत स्तरको स्वास्थ्य सेवा दिने केन्द्रमा १ जना अहेब र अनमि सहित २ जना कर्मचारीले सेवा दिने छन ।
उक्त सहरी स्वास्थ्य केन्द्रको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बरालले उद्घाटन गरे । । कुश्मा नगरपालिका–४ खुर्कोटको हिमालय उच्च माबिको भबनमा रहेको केन्द्रको कार्यालय आईतबार उद्घघाटन गरिएको हो । उद्घघाटन कार्यक्रममा बोल्दै बरालले मानिसको जिबनमा गास, बास र कपास पछिको एक मात्र आबश्यकता स्बास्थ रहेको भन्दै कुनै पनि नागरिक त्यस बाट बञ्चीत हुन नपाउन भन्ने उदेश्यले आफुहरुले स्बास्थ केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । उहाले सहरी स्वास्थ्य केन्द्रले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने भएकाले सार्वजनिक तथा निजी जग्गा भए जिल्ला स्वास्थ्य कार्यालयलाई भोगाधिकार दिन समुदायलाई अनुरोध समेत गर्नुभयो । यस्ता केन्द्रहरु अन्य स्थानमा पनि सञ्चालन गरिने पुर्नजागरण कार्यक्रम सञ्चालनका फोकल पर्सन जिल्ला जनस्वास्थ्य कार्यालय पर्बतका सिनियर अहेब तेजप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
शहरी स्बास्थ केन्द्रका उपाध्यक्ष छत्रराज रेग्मीले शहरी क्षेत्रमा ठुला अस्पताल भए पनि सामान्य नागरिकको पहचमा नभएकाले स्थानिय क्षेत्रमा शहरी स्वास्थ्य केन्द्रहरुको आवश्यकता महशुस गरि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेकोमा जिल्ला स्बास्थ कार्यलयलाई धन्यबाद समेत दिनुभयो । कार्यक्रममा हिमालय उच्च माबिका प्रध्यानाध्यापक माधबप्रसाद रेग्मी, नेकपा एमाले पर्बतका जिल्ला कमिटी सचिबालय सदस्य शेषराज रेग्मी, जिल्ला स्बास्थ कार्यलय पर्बतका नायब सुब्बा रघुनाथ रेग्मी, लगायतले अचानक हुने दुर्घटनाको बिरामीलाई तत्काल उपचार सेबा दिलाउन उक्त स्बास्थ केन्द्रले ठुलो सहयोग प¥याउने बताउनुभएको थियो ।
शहरी स्बास्थ केन्द्रका उपाध्यक्ष छत्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत खुर्कोट स्बास्थ चौकिका ईन्चार्ज टेकनाथ सुबेदि तथा कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक प्रेम प्रसाद रेग्मीले गर्नुभएको हो ।