पाँचौ पर्वत महोत्सबको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड पर्वत आउँदै,तयारी ९० प्रतिशत पुरा

prachanda
पर्वत /पर्वतको सदरमुकाम कुस्माबजारमा बिहीबार देखि शुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।
माघ १३ देखि २२ सम्म आयोजना हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री माघ १३ मा पर्वत आउने भएका हुन । पहिलो पर्वत महोत्सबको पनि २०६१ साल माघमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
यस पटक पनि प्रधानमन्त्रीबाटै महोत्सब उद्घाटन हुने निश्चित भएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणीज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले जानकारी दिए ।
यहि माघ १३ गतेदेखि २२ गतेसम्म हुन लागेको महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री आउने चर्चा शुरुभएसँगै जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पार्न थालिएको छ । भने जिल्लाको पर्यटकीय क्षेत्रको विकासको लागि हुन लागेको पाँचौ पर्वत महोत्सवको तयारी पनि लगभग अन्तिम चरणमा पुगेको छ ।
महोत्सवमा स्टल निर्माणकार्य ९० प्रतिशत पूरा भएता पनि बुकिङ भने शत प्रतिशत भएको उद्योग बाणिज्य संघ तथा कार्यक्रम मूल आयोजक समितिका आर्थिक संयोजक गोेपी अधिकारीले बताए । महोत्सवमा १६ वटा लघुउद्यम, १२ वटा होटल तथा रेष्टुरेन्टको बुकिङ भएको छ उनले भने ।parbat-mahotsav-logo

त्यसैगरी महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु रहेको उनले बताए । महोत्सवमा होटल तथा रेस्टुटेन्टको लागि माग अत्याधिक भएता पनि आफूहरुले कम मात्रामा उपलब्ध गराएको अधिकारीले बताए ।
महोत्सवमा आउने दर्शकहरुले अस्ट्रीच, ऊट र चौरीगाई समेत अबलोकन गर्न पाउने भएका छन् । महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेको बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको उनले बताए ।
महोत्सव प्रचारप्रसारका दृष्टिकोणले अत्यन्त प्रभावकारी बन्दै गइरहेको र अपेक्षा गरे अनुसारनै काम भइरहेकोले आर्थिक रुपले समेत सफल हुने अपेक्षा आफूले गरेको बरिष्ठ उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक गोपी अधिकारीले बताए ।
महोत्सवलाई रोचक बनाउनको लागि महोत्सवमा थुप्रै राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । ‘राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरु फरक–फरक दिनमा ल्याएर मनोरजञ्जन दिने तयारी गरिएको वाणिज्य उपाध्यक्ष तथा कलाकार आमन्त्रण तथा व्यवस्थापन संयोजक केदारनाथ शर्माले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, कुलेन्द्र विक, देवी घर्ती, प्रजापति पराजुली, कुलेन्द्र विक, याम क्षेत्री, रोमा न्यौपाने, चोलेकन्द्र पौडेल, कृष्ण समीप सुवेदी, विमलराज क्षेत्री, सम्झना भण्डारी, कृष्ण अखेली, कृष्णा गुरुङ, तृष्णा गुरुङ लगायतका कलाकारहरुले महोत्सवको स्टेज तताउने  बताए ।

16002981_1339314669473040_5321240058286469161_nमहोत्सवले जिल्लाको पर्यटकीय क्षेत्रको विकासलागि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको गरिएको छ । ‘जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डकीको ¥याङटीङ र प्याराग्लाइडिङ लगायतका आकर्षणहरुले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुग्ने बताइएको छ ।

त्यसैगरी जिल्लामा रहेका लघु तथा घरेलु उद्यमीहरुका उत्पादनलाई प्रचारप्रसार गर्नुका साथै लप्सी, कफी, सुन्तला, अल्लो, मह लगायतका स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ ।

महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ ।
अहिले कुश्मा बजार दुलही सरह सजिएको छ । चोकचोक तथा गल्लीगल्लीमा समेत विभिन्न व्यानर तथा पोष्टरहरु टाँस्ने काम भैराखेको छ । बजारका मुख्य मुख्य चोक र गल्लीमा तुल व्यानर, सडकमा पोल व्यानरले कुश्मा बजार र्रगीचंगी भएसँगै कुश्मा बजार दुलही सरह सजिएको हो ।16194870_1339642049440302_6478126637615523690_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई