जाडोमा माझफाँटका विद्यार्थीका हातमा तातो लुगा

पर्वतः पर्वतको माझफाँटमा रहेको समाज कल्याण आधारभुत विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । पर्वत सेवा समाज नेपालको आयोजना तथा सामजिक अभियन्ता मुना शर्मा लामिछानेको संयोजकत्वमा विद्यालयमा अध्ययन गर्ने १ सय २ जना दलित विद्यार्थीलाई सुईटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो । पर्वत सेवा समाज कोरिया शाखाका उपाध्यक्ष दिनेश ढकालको अगुवाइमा ५४ हजार वरावरको एक सय दुई थान सुईटर, ५ हजार बरावरको शैक्षिक सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा जयदुर्गा स्टेशनरी कुश्मा पर्वतले पनि सहयोग गरेको पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्रीले बताउनु भयो । पछाडी परेका समुदाय, गरिव, दलित जेहनदार, आमाबुवा गुमाएका र शैक्षिक सामग्री तथा न्यायो कपडा नपाएको विद्यालय छानेर सहयोग गरेको सामजिक अभियन्ता मुना शर्मा लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला शिक्षा कार्यालय पर्वतका श्रोत व्यक्ति सुभान्तनाथ सुबेदीले सहयोगले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताउनु भयो । उहाँले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,रेडियो शालिग्रामका स्टेशन नेजर ओमप्रसाद घायल,सामाजिक अभियान्त मुना शर्मा लामिछाने, एकता युवा क्लवका  अध्यक्ष अच्युुत तिवारी, मल्लाजका समाजसेवी टेकवहादुर जिसी,मल्लाज स्वास्थ्य चौकीका इन्चार्ज गोरे नेपाली, मल्लाज सामुदायिक सिँचाई केन्द्रका अध्यक्ष थलवहादुर जिसी, विद्यार्थी नेता नविन जिसी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले दलित र पिछडिएका समुदायलाई शिक्षाको मुलधारमा ल्याउन यस्तो कार्यक्रम प्रवाभकारी हुने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान पु¥याउन सहयोग गर्ने श्रोत व्यक्ति सुभन्तानाथ,सुवेदी, पर्वत सेवा   समाजका कार्यवाहक अध्यक्ष गणेशवहादुर क्षेत्री,सामाजिक अभियान्ता मुना शर्मा लामिछाने,एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारी र सवारी चालक युवराज पुनलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष मुना नेपालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय  व्यवस्थापन समितिका सदस्य लिला नेपाली र कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक ओमवहादुर जिसीले गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा