गाउँमा गुणस्तरीय शिक्षा र बिकासका लागि कतारमा संस्था गठन

16176120_1471146232926193_1318014856_n

कतार /पर्वतको आर्थर डाडाँखर्क गाउँ बिकास समितिमा रहेका सामुदायिक बिद्यालयहरुमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको बिकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।
पर्वतको आर्थर डाडाँखर्क गाबिसबाट रोजगारीका लागि कतारमा पुगेका युवाहरुले आर्थर डाडाँखर्क सेवा समाज गठन गरेका हुन। उक्त संस्थाको भब्य समारोहका बिच शुक्रबार कतारमा उद्घाटन गरिएको छ।
आर्थर गाबिसमा रहेका पञ्चकोशी माबि सहित अन्य बिद्यालयहरुमा अंग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो । समाजले कतारमा रहेका युवाहरुलाई पञ्चकोशी माबि भूतपुर्ब समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौ रुपैया सहयोग संकलन गरिरहेको छ । 16176715_1471146242926192_1852246164_n
पर्बत युवा सेवा समाज कतार को मातहत रहने गरि गठन भएको आर्थर डाड्खर्क सेवा समाजको उद्घाटन पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले गरे । आर्थर डाडाँखर्क सेवा समाजका अध्यक्ष धन सुनार खातीको सभापतित्वमा भएको कार्यक्रमा संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संरक्षक अंजिब गुरुङ्गले आर्थरमा शैक्षिक र सामाजिक क्षेत्रको बिकासका लागि काम गर्ने जानकारी गराएका थिए । 16216461_1887933898092627_1730702275_n
कार्यक्रममा स्वागत उपाध्यक्ष श्री याम क्षेत्रीले गरेका थिए भनेअर्का उपाध्यक्ष रघुनाथ शर्माले आर्थर डाडाँखर्क गाबिसको परिचय तथा सस्थाको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सञ्चालन महासचिब लेखनाथ रिमाल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष मनबहादुर जिसीले गरेका थिए । उक्त कार्यक्रममा तमु समाज कतारका कलाकारहरुले सांगितीक प्रस्तुती देखाएका थिए ।16231094_1471635099543973_803126425_o संस्था गठन तथा कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै मनोज गुरुङ्ग पुर्ण नेपाली, प्रकाश आर्याल तमु सेवा समाज कतार, सुश्री तारा तमु, खिल थापा र दिलकुमार श्रेष्ठलाई समाजले बिषेश धन्यबाद दिएको छ ।16176197_1471146216259528_1162065228_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)