जसले सिंह दरबार कब्जा गरे …………..

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामप्रसाद राई फाउण्डेसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘रामप्रसाद राई’ नामक पुस्तकको विमोचन गर्दे उहाँले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिनुभयो । प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताउनुभयो । स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उहाँले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेख्नुभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ ।  स्व राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो । –

दिल्लीमा राजा, राणा र काँग्रेसबीच भएको त्रिपक्षीय सम्झौताले प्रजातन्त्र कुँजिएको, राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भएको र पुरातनपन्थी (राजा–राणा) शक्ति हावी भएको भन्दै रामप्रसाद राईले रक्षादलमा परिणत गरिएका जनमुक्ति सेनालाई संगठित गरी २००८ साल माघ ८ गते डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए । उनी राजदरबार पनि घेराउ गरेर दिल्ली सम्झौता सच्याउन चाहन्थे । आज माघ ८ गते शनिवार सार्वजनिक भएको भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई ः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको सो विद्रोहसँग सम्बन्धित सम्पादित एक अंश ।ramprasad-rai-by-bhogiraj-chamling-e1484982510592

सरकारी सतर्कता

रक्षादलले विद्रोह गर्दै छ भन्नेबारे सरकार पहिलादेखि नै जानकार थियो । सिंहदरबार विद्रोह हुनुभन्दा तीनचार दिन अगाडि नै सोबारे सूचना पनि सरकारलाई प्राप्त भइसकेको थियो । बी.बी चेम्जोङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई धेरै पहिला नै रक्षादलमा रहेका पूर्वका राईहरुलाई भड्काइँदै गरेको बताएका थिए । रामप्रसाद राईले लैनचौरमा विक्रम सवत् २००८ साल पुस २८ (सन् १९५२ जनवरी १२)मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले रक्षादलप्रति अपनाएको नीति र व्यवहारको चर्चा गर्दै सरकारको विरोध गरेपछि सतर्क हुँदै रक्षादलका जवानहरुबाट हतियार फिर्ता लियो । यसले सरकारविरुद्ध रक्षादलको विद्रोहको विजारोपण हुन पुग्यो । सरकारले रक्षादलका जवानबाट हतियार लिएर अफिसरलाई जिम्मा दिने निर्णय माघ ८ गते मंगलबारकै दिन गरेको थियो । ब्रिगेडियर जनरलले राती ९ बजे सिंहदरबार निरीक्षणसमेत गरेका थिए । तर, ११.३० बजे राती विद्रोह भयो । गृह मन्त्रालयद्वारा जारी स्पष्टीकरणमा भनिएको छ–“के.आई. सिंह भाग्ने सुरमा छन् भन्ने हल्ला धेरै दिनदेखि भएकोले त्यसको बन्दोबस्तका लागि एक सेक्सन रक्षादलको गार्डबाहेक अरु चारजना गुप्तचर साथमा राखिएको थियो । सो मंगलबारकै दिन पनि ‘बृगेडीयर’लाई ‘डा. के.आई. सिंहको गार्डको बन्दोबस्त गर्ने तपाईंको जिम्मा हुनेछ है’ भनी अराइएको हो । उता छुटाउन कोही आउँछन् कि भन्ने आशंकाले बृगेडीएर मेजरलाई त्यही दिन दिउँसो २ बजे त्यस्तो गडबडी भएमा …गर्नेलाई गोली हानी मारी दिनु भन्ने खबर दिइएको थियो ।

“…तापनि सरकारी जागीरमा तटस्थतापूर्वक लगाइएको ड्युटी गर्ने …राजनीतिक अवसरवादीहरुले भाँड्ने खोजेको खबर पाएपछि यिनका हातबाट हतियार खोसी अफिसरको हातमा राख्नु सिवाय अर्को उपाय थिएन । …तर त्यो दिन ९ बजे बृगेडीएर मेजरलाई ‘आदेशअनुसारको बन्दोबस्त के छ ?’ भन्ने सोधनी गरी पठाउँदा ‘स्वयं हेरेर ठीक गरेको छु, सबै ठीक छ, गडबड हुने छैन’ भन्ने जवाफ चिठीद्वारा बृगेडीएरलाई लेखी पठाएको रहेछ । बृगेडीएरले ९ बजे राती सिंहदरबार चेक गर्न जाँदा सबै ड्युटीमा टम्म बसेको देखी आई.जी.पी.लाई ‘ठीक छ’ भन्ने रिपोर्ट गर्नुभएको रहेछ ।”
यो स्पष्टीकरणले गृह प्रशासन उच्च सतर्कतामा थियो भन्ने देखिन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई