महोत्सव प्रचार गर्न चिसो कालीगण्डकीमा रमाइलो जलयात्रा

rafting-kaligandaki-4
पर्वत, पर्वत उद्योग बाणिज्य संघले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) गर्ने भएको छ । यही माघ १३ देखि २२ गतेसम्म हुने पर्वत महोत्सवको पूर्वसन्ध्यामा आज चार वटा बोटमा ¥याफ्टिङ गर्ने तयारी गरेको हो ।
‘महोत्सवको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्ने उद्देश्यले ¥याफ्टिङ गर्न लागेका हौ’ पर्वत उद्योग बाणिज्य संघका कार्य समिति सदस्य राजन गुरुङले भने । यल्लो स्वीसा कम्पनीले संघका पदाधिकारी, संघसंस्था, पत्रकार, ब्यापारीसहित सरोकारवाला निकायलाई ¥याफ्टिङ गराउन लागेको हो ।
पर्वतको नाग्लीवाङस्थित खनियाघाटदेखि पाङको नयाँ पुलसम्मको झण्डै पाँच किलोमिटर दुरीमा ¥याफ्टिङ गर्ने गुरुङले जानकारी दिए । उनका अनुसार चार वटा बोटमा ४० जनाले ¥याफ्टिङमा सहभागिता जनाउनेछन् । ¥याफ्टिङका क्रममा कालीगण्डकी नदीको सरसफाई गर्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।
‘पवित्र कालीगण्डकी नदी पछिल्लो समय फोहोर हुँदै गएको छ, कालीगण्डकीमा ¥याफ्टिङ गरेर सरसफाई गर्ने योजना बनाएका हौ’ उनले भने–‘ पाँचौ पर्वत महोत्सवको पूर्वसन्ध्यामा महोत्सवको प्रचारप्रसार समेत हुने अपेक्षा गरेका छौ ।’ संघले नयाँ पुलसम्म कालीगण्डकी नदी किनारको सरसफाई गरेपछि पर्वतको नयाँ पुलमा फोहोर संकलन गर्न तीन वटा डस्टबिन राख्ने भएको छ ।
‘कुहिने फोहोर, प्लाष्टिक र सिसी गरी छुट्टाछुट्टै डस्टबिन राख्ने तयारी गरेका छौ’ संघका कार्यसमिति सदस्य गुरुङले भने । पर्वत महोत्सवमा संघले कालीगण्डकी नदीमा ¥याफ्टिङको समेत ब्यवस्था मिलाएको छ । ‘इच्छुकले महोत्सवका अवसरमा ¥याफ्टिङको मज्जासमेत लिन सक्नेछन्’ गुरुङले नागरिकसँग भने–‘न्युनतम शुल्कमा कालीगण्डकी नदीमा ¥याफ्टिङको ब्यवस्था मिलाएका हौ ।’ उनकाअनुसार ¥याफ्टिङका लागि बुकसमेत हुन थालेको छ ।
नेपाली कांग्रेस कुश्मा नगरसमितिले पदाधिकारी र सदस्यलाई महोत्सवले ब्यवस्था गरेको ¥याफ्टिङको मज्जा लिने भएको छ । ‘नेपाली कांग्रेस कुश्मा नगरसमितिका सभापति रामचन्द्र जोशीले पदाधिकारी र सदस्यहरुका लागि ¥याफ्टिङ गर्न नाम दर्ता गराइसक्नुभएको छ’ उनले भने । parbat-mahotsav-logo

कालीगण्डकी नदीमा असोज पहिलो सातादेखि मंसिर दोस्रो साता र फागुन पहिलो सातादेखि जेठको दोस्रोसातासम्म ¥याफ्टिङका लागि सयौ बिदेशीहरु आउने गरेका छन् । पर्वत उद्योग बाणिज्य संघले पर्वतको पर्यटन प्रबद्र्धनको मुख्य केन्द्र नै कालीगण्डकी नदीमा ¥याफ्टिङ भएको भन्दै महोत्सवमा यल्लो स्वीसा कम्पनीसँग सम्झौता गरी ¥याफ्टिङको ब्यवस्था मिलाएको पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए