पूर्वमन्त्रीको खुलासा- विदेशीको दबाब मान्दा इन्धन उत्खनन गर्न सकिनँ

Som-Prasad-Pandeyनेकपा (एमाले)का नेता एवं पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्ने थालेको पेट्रोलियम खानी विदेशीको दबाबका कारण निरन्तरता नपाएको आरोप लगाए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा पाण्डेले वर्तमान सरकारले विगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य विदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाए ।

दैलेख लगायत केही जिल्लामा पेट्रोलियम खानीको राम्रो सम्भावना रहेता पनि छिमेकीको परनिर्भरताकै कारण उत्खनन् कार्य रोकिएको बताए । उनले सात प्रदेशमा औद्योगिक क्षेत्र बिस्तारको काम समेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गर्दै नेपाल र नेपालीको प्रगति औद्योगिकरणमै रहेकाले वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतीपथलाई रोक्ने काम गरिरहेको टिप्पणी गरे ।यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

संविधान संशोधन नेपाललाई दुई भागमा बिभाजन गर्ने र छिमेकीले आफ्नो स्वार्थ पुरा गर्ने हेतुका साथ आएकाले संशोधन देशको दुर्भांग्य भएको भन्दै कुनै हालता संशोधन प्रस्ताव पारित हुन नदिने बताए । उनले अप्रजातान्त्रिक अलोकतान्त्रिक र इतिहासमै संसद्को खिल्ली उडाउँदै प्रतिपक्षको अवरोधको माझ संशोधन टेवल गरिएको बताए ।

पाण्डेले स्थानीय तहको निर्वाचन गर्ने तर्फ सरकारले चासो नदेखाउनुमा विदेशीकै इसारा रहेको हुन सक्ने भन्दै अविलम्ब स्थानीय तहको निर्वाचनको वातावरण तयार गरी मिति घोषणा गर्नु पर्ने बताए । नेपाल र नेपाली इतिहासकै अप्ठ्यारो मोडमा रहेको र खुलेआम वैदेशिक हस्तक्षेप बढेको भन्दै उनले राष्ट्रियता सबैभन्दा कमजोर मोडमा रहेको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई