ज्ञानेन्द्रको प्रश्नपछि पुर्ब पञ्च नेताहरुको यस्तो हालत भयो।
राष्ट्रपति विद्या भण्डारीको छोरीको विवाहमा निम्तो मान्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा अहिले पनि सेलाउन पाएको छैन । भद्र र शालिन स्वभावसहित शीतलनिवासमा पुगेका पूर्वराजा शाह गाडीबाट उत्रिए लगत्तै सबैलाई दुई हात जोडेर विवाहस्थल प्रवेश गरेका थिए ।
हात जोड्दै पूर्वराजा शाह आएपछि राजनीतिक दलका नेताहरूको मुटुले गति बढाएको भन्नेहरू पनि छन् । पूर्वराजा शाह र प्रमुख राजनीतिक दलका नेताहरूको अनुहार हेर्न लायकको रहेको बखान अहिले पनि नेताहरू गर्छन् । ‘पूर्व राजाको व्यक्तित्वका अगाडि हाम्रा नेताहरूको खासै व्यक्तित्व देखिएन’, राप्रपाका एक प्रभावशाली नेताले भने, ‘ज्ञानेन्द्र शाहको व्यक्तिले शीतलनिवासमा अर्कै रौनक ल्याइदियो ।’
एमालेका प्राभवशाली एक नेताले अनौपचारिक कुराकानीका क्रममा सिंहदरबारमा भने, ‘पूर्व राजा आउँदा म अलिक टाढा थिएँ । के–के भएको थियो मलाई त थाहै भएन ।’ एमालेका ती नेताको भनाइ थियो, ‘चाहे जे भए पनि उनको मुहारमा चमक थियो । विवाहमा सरिक भएर पूर्वराजाले गणतन्त्रलाई स्वीकार गरेर साधारण नागरिकको जीवन व्यतित गर्न थाले भन्ने संकेत दिएको मैले पाएँ ।’
शीतल निवासमा प्रवेश लगत्तै नजिकैको टेबुलमा राप्रपाका तीन शीर्ष नेताहरूको खाली रहेको कुर्सीमा बसेका पूर्व राजा शाहले सोधे, ‘के छ गणतन्त्रको हालचाल ?’ यो प्रश्न सुन्ने वित्तिकै कमल थापा, पशुपति शम्शेर राणा र लोकेन्द्रबहादुर चन्द रातोपिरो भएको उच्च स्रोतको भनाइ छ । अहिले पूर्व राजासँगको त्यो छाटो समयको भेटको सम्वादले राप्रपाभित्र खैलाबैला मच्चिएको छ ।
राज संस्था र हिन्दू राष्ट्रको नारा बोकेर संविधान सभामा २४ सिट जितेका कमल थापालाई पूर्वराजा शाहको त्यो प्रश्नले ठूलो चोट पुगेको राप्रपाका एक नेताले बताए । ‘कमल थापा पूर्वराजासँग धेरै नै नर्भस भएका छन्’, उनले भने, ‘सायद कमल थापाले गल्ती गरेँको छु भन्ने ठानेका छन् कि ?’
पूर्वराजाले त्यति सोधेपछि थापा र चन्द बोलेनन् । तर पशुपति शम्शेर राणाले भने अंग्रेजीमा केही सम्वाद गरेका थिए । त्यस बेला राप्रपाका तीन शीर्ष नेता थापा, राणा र चन्दको अनुहार हेर्न लायक थियो भन्नेहरू प्रसस्त छन् ।
त्यहाँबाट उठेका पूर्व राजा सरासर विद्या भण्डारी, छोरी ज्वाईसँगै उभिएको स्थानमा पुगेका थिए । त्यहाँ पुगेर उनले वरवधुलाई आर्शीवाद दिएर आफ्नो संस्कारको मान राखेको देख्नेहरू बताउँछन् ।