नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभेलेपमन्ेट बैंकको पून डिडीए गर्न इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेको इसारामा चल्ने लेखापरिक्षकलाई नै दिने तयारी,साधारण सेयरधनीको गम्भीर आपत्ति

ace-development-bank
न्युज डबली, पर्वत /
नेपाल इन्भेस्ट्मेन्ट बैंकले एस डेभेलोप्मेन्ट बैंकलाई गाभ्ने तयारी गरिरहेको बेला दुबै बैंकको डिडीए गर्न इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको इसारामा चल्ने लेखापरिक्षकलाई नै जिम्मा दिने तयारी भएको छ।
साधारण सेयरधनीले एस डेभपलप्मेन्ट बैंकको स्वाप रेट असाध्यै न्युन भएको भन्दै बिरोध गरेपछि पुर्न डिडीए गर्न माग गरेका बेला इन्भेष्टमेन्ट बैंकले सर्वसाधरण सेयरधनीलाई मर्कामा पार्न आफ्नै इशारामा चल्ने लेखापरिक्षकलाई डिडीएको जिम्मा दिन लागेका हुन।
नेपाल इन्भेस्ट्मेन्ट बैंकका अध्यक्ष पाण्डेले आफुले प्रभावमा पार्न सक्ने र एस डेभेलोप्मेन्ट बैंकको डिडीए गर्ने लेखापरिक्षक प्रभुराम भण्डारीलाई नै एस डेभेलोप्मेन्ट बैंकको तथा आफ्नो बैंकको समेत सम्पत्ति दयित्वको पुनरमुल्याङ्कन तथा डिडीए गर्ने जिम्मा दिन लागेका छन। एस डेभलप्मेन्ट बैंकका साधारण सेयरधनीहरु मिलेमतोमा फेरी पनि कम दरमा स्वाप रेसियो कम हुन सक्ने भन्दै उक्त कार्यको चर्को बिरोध गरेका छन। नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलप्मेन्ट बैंक्लाई प्राप्त गर्ने सिलसिलामा सिमित ब्यक्तिको निहित स्वार्थ पूरा गर्न राष्ट्र बैंकलाई समेत प्रभावमा पारी मोटो रकम दिएर कम स्वाप रेसियो कायम गर्न लागिएको थियो । उक्त प्राप्त गर्न लागेको बारेमा बिभिन्न पत्र पत्रीकामा समाचार प्रकाशित हुनुको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत सो सम्बन्धमा राष्ट्र बैंकलाई पत्र पठाएको छ । तर राष्ट्र बैंकबाट पौष १ गते मा पहिला तय भएको स्वाप रेसियो ४१ प्रतिशत अती नै कम भएको हुँदा नयाँ निर्देशिका बमोजिम पुनः डिडीए लगायतका कार्य गर्नु भनी सैद्धन्तिक सहमती दिएको बुझिएके छ ।
राष्ट्र बैंकबाट पुनः नयाँ नियम मुताबिक डिडीए गर्नु भनी निर्देशन दिएको भए पनि प्रभुराम भण्डारीलाई समेत ब्यक्तिगत सम्बन्ध एवम मोटो रकम दिइ आफ्नो बैंकको सम्पत्तिको बढी मुल्याङ्कन गर्ने, भविश्यको बित्तिय प्रक्षेपण राम्रो देखाउने र एसको कम मुल्याङ्कन गर्ने गरी आफु लगायत सिमित ब्यक्तिलाई फाईदा हुने र सर्वसाधारण शेयरधनीहरुलाई अनुचित नोक्सान हुने गरी आफ्नो अनुकुल शेयर स्वाप रेसिओ निकाल्नेतर्फ उद्यत रहेको एस विकास बैंकका साधारण शेयरधनीहरु बताइरहेका छन् । उनीहरुका अनुसार सम्पूर्ण शेयरधनिहरु यस मामीलामा चनाखो भई नेपाल इन्भेस्ट्मेन्ट बैंक तथा एस डेभेलोप्मेन्ट बैंकको डिडीए पाण्डेको ईशारामा काम गर्ने प्रभुराम भण्डारीले गरेमा त्यसलाई अस्विकार गरी निष्पक्ष लेखा परिक्षकबाट गराउनुपर्ने अडानमा छन । यी दुई बैंकका मर्ज गर्ने कार्यले साधारण सेयरधनीको गम्भीर मर्कामा पर्नुका साथै इन्भेष्टमेन्ट बैंकको अध्यक्षको र एस विकास बैंकका संचालकहरुलाई मात्र पुग्ने गुनासो सेयरधनीको छ । ‘यसले ठुला साहुलाई मात्रै फाइदा पुग्छ हामी सर्बसाधरण ठुलो मर्कामा पर्छौ’ उनीहरु भन्छन‘हामी सानाको आवाज कसले सुनीदिन्छ’
यस अघि एस डेभेलोप्मेन्ट बैंकको डिडीए गर्दा समेत आफ्नो ब्यक्तिगत सम्बन्ध तथा अनुकुल प्रभावमा पारी प्रभुराम भण्डारीलाई नै आफुले भनेको अंकमा शेयर स्वाप रेसियो आउने गरी गर्न लगाएको र पुनः सोही लेखापरिक्षकलाई आफ्नो सम्पत्ति तथा दायित्वको पुन मुल्याङ्कन गर्न लगाउँदा पहिला डिडीए गर्दा मोटो रकमको लेनदेन भएको हुन सक्ने आशंका छ । यसरी डिडीए गराउँदा वास्तविक शेयर स्वाप रेसियो नआई पाण्डेको इच्छा अनुसार शेयर स्वाप रेसियो निस्कने भएकार्ले नियामक निकाय र सम्बन्धित सबैले चनाखो हुन पर्ने र जबरजस्ती बिशेष साधारण सभावाट पास गराउन खोजेमा शेयरधनीमध्येवाट संघर्ष तथा छानबीन समिती गठन गराई सो समितीले तेश्रो स्वतन्त्र लेखापरीक्षकवाट डिडीए गराउन लागि पर्ने उनीहरुको तयारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना