प्रचण्ड सरकारमा सहभागी भएको अखण्ड नेपाल पार्टी पनि प्रदेश टुक्रयाउने प्रस्ताबको बिरुद्धमा

kumar khadkaअखण्ड नेपाल पार्टीले ५ बिकास क्षेत्रलाई नै ५ प्रदेश बनाउने पार्टीको धारणामा कुनै तलमाथि नभएको दाबी गरेको छ । पार्टीका सचिव एवं प्रवक्ता डा. प्रदीप ढकाल विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएका हुन् ।

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त भएसँगै सर्वत्र आलोचना भैरहेका बेला ढकालले विज्ञप्ति नै निकालेर यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अखण्ड नेपाल पार्टीले संघीयतालाई स्वीकार गर्दै ५ बिकास क्षेत्रलाई नै ५ प्रदेश बनाउ भनेर संसद र सडकमा आफ्नो धारणा स्पष्ट गरेको छ,’ उनले भनेका छन्, ‘हामीले पाएको मतले हाम्रो धारणा अनुरुपको संविधान बनाउन नसकेको यथार्थ हो । हिमाल, पहाड र तराई समेटेर बन्ने प्रदेश बाहेक अन्य कुनै पनि प्रकारको सीमांकनको हामीले बिरोध गरेका छौँ । सप्तरीदेखि पर्सासम्मको प्रदेश होस् वा नवलपरासीदेखि बर्दियासम्मको भूभागलाई प्रदेश प्रस्ताव गरिएको होस्, हामीले असहमति र विरोध गरेका छौँ र गरिरहने छौँ ।’

उनले आफ्नो पार्टीले पेश गरेको संघीयताको मोडलसँग कहीँ कतै मेल नखाने पनि प्रष्ट पारेका छन् । ‘तर, खेद छ । ती मौसमी राष्ट्रवादीप्रति जसले हिजोका दिनमा नै हामीले प्रस्तावित २ नम्बर प्रदेशमा पहाड र हिमाल मिसाउ भनेर अनुनय–बिनय गर्दा ‘हैन यही प्रदेश दिएर निश्चित समूहको चित्त बुझाउने हो’ भन्दै ती भूभाग र त्यहाँका जनताप्रति अन्याय गरेका थिए,’ उनले भनेका छन्, ‘अझै पनि समय छ । सबै मिली ५ विकास क्षेत्रलाई ५ प्रदेशमा रुपान्तरण गर्नका लागि सँगै आवाज उरालौँ  ।’

उनले कतिपय नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही नकारात्मक टिप्पणीहरु आएको भन्दै ती सम्पूर्ण नकारात्मक धारणाप्रति सहानुभूति राखेका छन् । ‘अखण्ड नेपाल पार्टीप्रति सद्भाव व्यक्त गर्दै कतै यो पार्टी पनि बजारको बस्तु त भएन भन्ने आशंका गर्नु भएका मित्रहरु निर्धक्क हुनुहोस्,’ उनले भनेका छन्, ‘हामी हाम्रो धारणा र लक्ष्यमा दृढ छौँ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’