भारतीय राजदूतलाई एमाले र जनमोर्चाको कालो झण्डा

Black-Flagनिर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासिन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण हुन बाँकी रहेपनि मन्त्री लेखक र राजदूत रेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थानीयको चर्को नाराबाजीका बीच धनगढीको क्याम्पसचोकमा राजमार्ग उद्घाटन गरिएको हो । राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमै कालो झण्डा ओढाएका थिए ।

विरोधमा उत्रिएका एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जनालाइ पक्राउ गरेर केही समयपछि छाडिएको प्रहरीले जनाएको छ ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो