यस्तो अचम्म! १२ महिना सम्म पेटमै गर्भ, जन्मदा ढुंगो?
एजेन्सी/अफ्रिकाको एक देश मालावीमा बस्ने एक महिलासँग आश्चर्यजनक घटना भएको छ ।
कांसुगू क्षेत्रकी यी महिला १२ महिनासम्म गर्भवती भइन् । सामान्य महिला त नौ महिना गर्भवती हुन्छन् तर यिनको तीन महिना थप तन्कियो ।
पछि काम्बोनी हेल्थ सेन्टरमा महिलाले दुईवटा पत्थरलाई जन्म दिइन् ।
स्वास्थ्य केन्द्रका अधिकारी क्रिस्टोफर काडिम्बाले ती महिलाले दुईवटा ढुंगा जन्माएको पुष्टि गरे । सबैजना घटना देखेर आश्चर्यमा छन् ।
लिलिया फिरी नाम गरेकी यी महिलाले नर्मल डेलिभरी नै गरेकी हुन् । तर बच्चाको ठाउँमा पत्थर निस्कियो ।
पत्थरहरू एक कालो प्लास्टिकमा बेरिएको अवस्थामा बाहिर निस्केका थिए । प्लास्टिकमा कुनै रगत लत्पतिएको थिएन । अचम्मको कुरा त महिलालाई कुनै किसिमको पीडा भएन ।
स्वास्थ्य केन्द्रले महिला र पत्थरको परीक्षण गर्ने भएको छ ।
यस्तो अप्राकृतिक जन्म देखेर केही मानिस ती महिलालाई बोक्सी भनिरहेका छन् ।