पर्वतमा इलाकास्तरमा योजना तर्जुमा काम धमाधम हुँदै, सबैभन्दा बढी योजना सडक निर्माण र मर्मतमै

Elaka 1
पर्वत जिल्लामा माघ लागेपछि इलाकास्तरमा योजना तर्जुमा गर्ने काम धधाधम शुरु भएको छ । गाउँ र नगरपरिषद सम्पन्न भएपछि इलाकास्तरमा योजना तर्जुमा गोष्ठी शुरु भएको हो ।
जिल्लाका सबैजसो इलाका गोष्ठीमा वढी मात्रामा सडक निर्माण र मर्मतका योजना छानौट भएका छन् ।
पर्वतको पाङराङमा ईलाका नम्बर ८ को ईलाकास्तरिय गोष्ठी क्रममा सडक निर्माण र मर्मतका योजना नै बढी माग भएका हुन।
ईलाका नम्बर ८ मा पर्ने पाङराङ,कुर्घा, वाच्छा र भोक्सिङ गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । जसमा धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । वाच्छा गाविसका सचिव सुमन गौँडेल, पाङराङ गाविसका सामाजिक परिचालक सुरज क्षेत्री, कुर्घा गाविसका सचिव जयवहादुर श्रेष्ठ र भोक्सिङ गाविसका सचिव कृष्णप्रसाद रिजालले गाउँ परिषद मार्फत पुरा नभएका योजनाहरु जिल्ला र केन्द्रमा सिफारिस गर्न पेश गरेका थिए ।elaka 2
सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका सामाजिक परिचालन अधिकृत प्रकाश लम्सालले योजना छनौटमा सहजीकरण गरेका थिए । उनले दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरे ।
४ वटै गाविसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्तरका नेताहरु, विभिन्न सञ्जालका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य युक्तप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गाउँ कार्यसमिति पाङराङका सभापति जितवहादुर सुनार शेरवहादुर, नेकपा एमालेका भवानी शंकर शर्मा, माओबादी केन्द्रका सचिवालय सदस्य वमबहादुर कुँवर,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका नारायण न्यौपाने, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, कृषि सेवा केन्द्र वाच्छाका शान्त रिमाल, श्रोत व्याक्ति कुलवहादुर क्षेत्री, पशु सेवा केन्द्र वाच्छाका चोलाकान्त पौडेल लगायतले गािवस स्तरिय योजना र योजना कार्यान्वयनका बारेमा वोलेका थिए ।Elaka 4
कार्यक्रम पाङराङ गाविसका सचिव डिल्लीराम आचार्यको अध्यक्षता र गरिवका लागि विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक हिरामणी सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’