‘विदेशी दुतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्छ’

bhim rawalनेकपा एमालेका उपाध्यक्ष भीम रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए ।

उनले भने, ‘संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजाँदा नजाँदै पनि निर्वाचन भयो, अहिले आएर दुईचार जना मधेसका ठालु नेताले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको  निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन ।’ जनतामा विश्वास भए आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान रावलले मधेसी मोर्चाका नेताहरुलाई चुनौती दिए । उनले भने, ‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन । हामीले एकपल्ट संशोधन गरिसक्यौँ । अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला । यदि मधेसी मोर्चाका नेताको हिम्मत छ भने आउनुस् निर्वाचनमा जाऔँ ।’

रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान अहिले तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गरे । मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् नी भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले जवाफ दिँदै भने, ‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्, नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ । यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस् ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना