राजनीति गर्न पाउनुपर्ने शिक्षकको माग

teacherकाठमाडौँ, ५ माघ । नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ ।

शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह पनि गरेको छ । विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न पनि माग गरिएको महासङ्घका महासचिव तिलक कुँवरले जानकारी दिनुभयो ।

शिक्षा ऐन (आठौं संशोधन), २०७३ मा शिक्षकले राजनीतिक दलको कुनै समितिको कार्यसमितिमा बस्न नपाउने व्यवस्था रहेको तथा त्यसको कार्यान्वयनका लागि नयाँ नियमावली जारी हुने तयारीमा छ । महासङ्घका अध्यक्ष केशव निरौलाको नेतृत्वको प्रमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षकका माग र सरोकारप्रति मन्त्रालय सकारात्मक भएको बताउनुभएको थियो ।

महाधिवेशनको तयारी

महासङ्घको प्रथम महाधिवेशन आगामी जेठ २६ र २७ गते हुने भएको छ । तत्कालीन शिक्षक युनियन महासङ्घमा रुपान्तरण भएपछि हाल तदर्थ समितिले काम गरिरहेको छ । महासचिव कुँवरका अनुसार यसै वर्षको चैतभित्र जिल्ला अधिवेशन पूरा गरेर महाधिवेशन गरिनेछ । महासङ्घमा सामुदायिक र निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीका विभिन्न १७ घटक आबद्ध छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए