जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड

५ माघ ।

नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी फोन विरण भएको छ । यो संख्या ल्यान्ड लाइन र मोवाइल दुबै गरी हो ।

केन्द्रिय तथ्यांक विभाग अनुसार हाल नेपालको जनसंख्या दुइ करोड ८६ लाख पुगेको छ । टेलिफोन भने तीन करोड २५ लाख पुगेको छ । एक जना व्यक्तिले एकभन्दा बढी सेवा प्रदायकको सीमकार्ड लिएका कारण जनसंख्याभन्दा बढी टेलिफोन पहुँचमा पुगेको देखिएको हो ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ।

एकजनाले एउटै सेवाप्रदायक वा फरक फरक कम्पनीको सेवा लिएका कारण टेलिफानेको पहुँच बढेको हो । प्राधिकरणले सार्वजनिक गरेको गत असोजसम्मको तथ्यांक अनुसार मोवाइल प्रदायकले बाँडेको सिमकार्डको संख्या मात्रै तीन करोड छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल