काठमाडौंमा पहिलोपटक भारतीय बिजुली, अब लोडसेडिङ नहुने निश्चित

काठमाडौंमा पहिलोपटक भारतीय बिजुली, अब लोडसेडिङ नहुने निश्चित

भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सहिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको हो ।

‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्र्याउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने,‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’

१४ वर्षअघि निर्माण सुरु भएको खिम्तिी–ढल्केबर प्रसारण लाइन सोमबारबाट परीक्षण सञ्चालनमा आएको थियो ।यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भउको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए । उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौं ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’