शितल निवासलाई निर्मल निवासले उपहार के ल्याउने भनेर सोधपुछ गरेको खुलासा
‘छोरीको बिहेमा आउनुपर्ने के उपहार लिएर आउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे ।
त्यसो त जिन्सी र नगद उपहार नल्याउन निमन्त्रणा पत्रमै लेखिएको थियो तर त्यो सोधनी औपचारिकता त थियो नै राष्ट्रपतिकी कान्छी सुपुत्रीको बैवाहिक समारोहमा आफू सामेल हुने जानकारीसमेत त्यसैमा लुकेको थियो ।
५० बर्षअघि सोही भवनमा कोमल राज्यलक्ष्मीलाई भित्र्याएका ज्ञानेन्द्रले अस्ति सोमबार सरासर आएर नवदम्पतिलाई शुभकामना दिए । राष्ट्रपतिले आइदिएकोमा धन्यवाद प्रकट गरिन् । लोकेन्द्रबहादुर चन्द, प्यारजंग थापा, कमल थापाका दाजुभाइ र पशुपति समशेर बसेकै टेबुलमा कालो चिया खाएर निस्किए ।यो समाचार आजको जनआस्था साप्ताहिकले छापेको छ।⇓
यसैबीच पत्रकार देवप्रकाश त्रिपाठीलाई तानेर कानेखुशी गरे । दुलाहा-दुलहीलाई फेरि गएर भेटे र २० मिनेटमै फर्किए । त्यसो त केही समय बस्ने कुरा नै थियो तर थोरै समय बसे, हाँसीखुसी नै बसे । यसबीच, सेनापति राजेन्द्र क्षेत्रीले परैबाट सलाम ठोके ।