दिदीबहिनी रेडियोले फागुनमा नवौ महिला महोत्सब गर्ने

DSC07192-430x316पर्वत/ सामुदायिक रेडियो दिदीबहिनीले फागुन अन्तिम साता नवौ पश्चिमाञ्चल महिला महोत्सब आयोजना गर्ने भएको छ ।
१०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गतेदेखी २८ गतेसम्म कुस्मामा महोत्सब आयोजना गर्न लागेको हो ।
रेडियोको सातौ बार्षिकोत्सव समेत मनाउने गरि आयोजना गरिएको महोत्सबको तयारी शुरु भएको रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन ।
महोत्सबमा थानिय रुपमा उत्पादित कृषि सामग्री तथा जडिबुटीहरुको विकास र प्रचारप्रसार गर्ने, ब्यापार व्यवसायको प्रर्बद्धन, पर्यटकीय सम्पदाहरुको पहिचान र विकासका लागि स्थानिय चासो निर्माण गर्नुको साथै प्रचारप्रसार गर्ने, स्थानिय मौलिक संस्कृति, भेषभुषाको संरक्षणका साथै खेलकुदको विकास र सम्मानका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सबलाई व्यापारीक भन्दा पनि स्थानिय विकास र समृद्धिको पक्षलाई बढि भन्दा बढि प्रतिफल प्राप्त गर्ने उद्देश्यले आयोजना गरेको अध्यक्ष चापागाईको भनाई छ ।
महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता , रत्यौली तथा भजन प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, विभिन्न समूह, संस्थाहरु विचको झाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा नौमती बाजाको प्रस्तुती, विशेषज्ञ डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परिक्षण, विशिष्ट ब्यक्तित्व तथा सफल उद्यमी, जेष्ठ नागरिक अपाँङग र एकल महिलाहरुलाई सम्मान कार्यक्रम, कृषिजन्य उत्पादन प्रर्दशनी, फलफुल, तरकारी, मह, बाख्रा, कुखुरा प्रर्दशनी गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रियका ख्यातीप्राप्त कलाकार महानायक राजेश हमाल, लोकगायिका कोमल वली, , मुना थापा, राधिका हमाल, टिका पुन, देवी घर्ती मगर, गायकहरु पशुपति शर्मा, रामजी खाँड, पुश्कल शर्मा, राजन कार्की लगायत मेरी बास्सै तथा भद्रगोलका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना