चीनले दियो ट्रम्पलाई कडा चेतावनी : हामी आगो हौं, आगोसँग नजिस्क

Chinaचीनको एक सरकारी पत्रिकाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको छ । एक चीन नीतिमाथि पटक पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार दिएको एक अन्तर्वार्ताका क्रममा एक चीन नीतिका बारेमा कुराकानी हुनुपर्ने बताएपछि चीन ट्रम्पसँग रुष्ट बनेको हो ।

अमेरिकाले सन् १९७९ मा एक चीन नीतिलाई स्वीकार गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध भंग गरेको थियो । चीनले ताइवानलाई अलग प्रान्तका रुपमा मान्दै आएको छ । शुक्रबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा उनले चीनसँग एक चीन नीतिसहित सबै कुरामा छलफल गर्न तयार रहेको बताएका थिए ।

चाइना डेलीले सोमबार कडा सम्पादकीय लेख्दै ट्रम्पले ताइवानको मुद्दामा आगोसँग खेलिरहेको चेतावनी दिएको हो । यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले एक चीन नीति बहसको विषय नभएको भन्दै ट्रम्पलाई चेतावनी दिइसकेका छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’