हात हेरेपछि थाहा हुन्छ तपाइँका बच्चा कति वटा हुन्छन?

santan-rekha_1एजेन्सी/अहिले बिहेको मौसम चलिरहेको छ । नयाँ सम्बन्धहरू जोडिइरहेका छन् । दाम्पत्य जीवन शुरु गर्नेहरूले सन्तानको सपना देखिहाल्छन् ।

तपाईं पनि विवाहित हुनुहुन्छ र सन्तान पाउने सोचमा हुनुहुन्छ भने आफ्नो हत्केला हेरेर कति र कस्ता सन्तान हुन्छन् थाहा पाउन सक्नुहुन्छ । धेरै सोचविचार गरिरहनुभन्दा आफ्नो हत्केलामा रहेका केही रेखालाई ध्यानपूर्वक हेर्नुस्, सबै कुरा थाहा हुन्छ ।

समुद्रशास्त्र अनुसार हातको सबभन्दा सानो औंलामुन्तिर बुध पर्वत हुन्छ । बुध पर्वतनिर देखिने रेखाहरू र बूढी औंलामुन्तिर भएको शुक्र पर्वतनजिकैका छोटा रेखाहरू सन्तान रेखाका रूपमा चिनिन्छन् । यी रेखाको अध्ययनबाट सन्तान सुखको विचार गर्न सकिन्छ ।


हत्केलामा यी रेखा जति सफा र स्पष्ट हुन्छन् त्यति संख्यामा तपाईंका पुत्र उत्पन्न हुन्छन् । हल्का रेखाहरूको संख्या चाहिँ पुत्रीहरू गन्नका लागि हो ।


तपाईं हत्केलामा बुध पर्वत निकै उठेको छ र सन्तान रेखा प्रस्ट छ भने तपाईंका अधिकतम चार छोरा र तीन छोरी हुनसक्ने सम्भावना हुन्छ । अनि तपाईंका सन्तान गुणवान र संस्कारी हुन्छन् ।


हत्केलामा बूढी औंलामुनि शुक्र पर्वत धेरै उठेको छ भने तपाईंको एक सन्तान हुन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’