छात्राहरूलाई दिउँसो खुल्ला ठाउँमा जबर्जस्ती नुहाउन लगाएर हेर्ने यस्तो पनि शिक्षक !

violence-against-girlsभारतको मध्यप्रदेशको बीद जिल्लाको एक सरकारी विद्यालयका शिक्षकले छात्राहरूलाई दिउँसो खुल्ला ठाउँमा जबर्जस्ती नुहाउन लगाएको र राति यौन दुर्व्यवहार गरेको खुल्न आएको छ । प्रहरीले शनिवार शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

बीद जिल्लाको शिरुर तालुकामा रहेको विद्यालयकी सात कक्षमा पढ्ने एक बालिकाले शिक्षकका बारेमा गुनासो गरेर बालअधिकारवादी समूहलाई चिट्ठी लेखेपछि यो घटना सार्वजनिक भएको हो ।

आरोपित शिक्षकले विगत पाँच महिनादेखि यस्तो कुकृत्य गरेको बालिकाले लेखेकी थिइन् । उनका मातापिताले उनलाई विद्यालयबाट निकालेर उनी नाबालिका भएपनि विवाह गराइदिएका थिए ।

शिरुर प्रहरीले उक्त शिक्षकविरुद्ध बालबालिकाविरुद्धको यौन दुर्व्यवहार मुद्दा दर्ता गरेको छ । शिक्षक अहिले फरार छन् ।

प्रहरीले आरोपित शिक्षक छिट्टै पक्राउ पर्ने बताएको छ ।

उक्त आवासीय विद्यालयमा १२० बालबालिका छन् जसमध्ये ३० बालिका छन् ।

आठ कक्षासम्म पढ्ने बालक र बालिकाका लागि फरक छात्रावास छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग