विराट कोहलीले सचिनको रेकर्डलाई भेटे

रनको वर्षा भएकाे खेलमा रन, बलिङ व्याटिङ र विकेटको हिसावकिताव राख्नेहरू बनेका र टुटेका रेकर्ड दर्ता गर्नमा व्यस्त भए ।
भारतले इग्ल्याण्डसँग ३५१ रनको लक्ष्य १ बल बाँकी रहदै सात विकेट गुमाएर पुरा ग-यो तथा तीन म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।
खेलमा भारतले केही रेकर्ड राखेको छ । भारतले ३५० भन्दा धेरै रनको लक्षको रेकर्ड तेस्रो पटक भेटेको हो । भारतले २०१३ मा अस्ट्रेलिया विरुद्ध ३६० तथा ३५१ रनको चुनौती भेटेको थियो ।
त्यस्तै खेलमा विराट कोहलीले २७ औ शतकको रेकर्ड बनाएका छन् । यसका साथ उनले मास्टर व्लास्टर सचिन तेन्दुलकरका एक अर्को रेकर्डको बराबरी गरेका छन् ।
विराट २००८ मा इन्टरनेशनल क्रिकेटमा समावेश भएका थिए । वर्तमानमा उनी टी २०, वनडे तथा टेस्ट तीनै फर्मेटका कप्तानी समालीरहेका छन् ।