श्रीमती संग सम्बन्ध टुटेका ऋतिकले अब बिहे गर्लान त ?

hrithikएजेन्सी/हृत्तिक रोशन र उनकी श्रीमती सुजैन खानको वैवाहिक सम्बन्ध टुटेर दुवैजना अलग भएका छन् । बाल्यकालदेखिका साथी भएपनि यिनीहरूको वैवाहिक सम्बन्ध टिक्न सकेन ।

तेह्र वर्षसम्म वैवाहिक सम्बन्धमा बाँधिएका हृत्तिक र सुजैन अलग भएपनि एकअर्कासँग पूरै टाढिएका छैनन् । अहिले आएर हृत्तिकका प्रशंसकहरू उनी पत्नीसँग पुनर्मिलन गरून् भन्ने चाहन्छन् ।

हालै फिल्मफेयर पत्रिकालाई दिएको अन्तर्वार्तामा हृत्तिकले दोस्रो विवाहमा आफ्नो कुनै रुचि नभएको बताए । ‘अहिले म विवाहको बारेमा सोच्न पनि सक्दिनँ र मलाई यसको आवश्यकता पनि छैन,’ उनले भने ।

अनि हृत्तिक र सुजैन पछिल्लो समयमा खुबै सँगसँगै देखिएका छन् । यो देखेर उनीहरूका प्रशंसकले फेरि उनीहरू सँगै बन्सन थालून् भनी कामना गरेका थिए ।

तर सुजैनले आफू कहिले पनि हृत्तिकसँग बस्न नसक्ने घोषणा गरिसकेकी छिन् । दुवैजनाले आफ्ना छोराहरू रिहान र रिधानका लागि राम्रो साथी भएर बस्ने वाचा भने गरेका छन् ।

यसैबीच हृत्तिक रोशनको नयाँ फिल्म काबिल रिलिज हुने क्रममा छ । पुस १२ गते सार्वजनिक हुने यस फिल्ममा यामी गौतमको पनि राम्रो भूमिका छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी