शल्यक्रियामा लापरबाही : बिरामीको पेटमै छाडियो फलामे औजार
२ माघ ।
सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो ।
उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अडि्कएको निष्कर्षमा पुगे ।घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे ।
श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ ।
नयाँ पत्रिकाबाट