एसएसपी कार्यालयअगाडि केटीको निहुँमा ग्याङफाइट

एसएसपी कार्यालयअगाडि केटीको निहुँमा ग्याङफाइट

२ माघ ।

ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन् ।

केटीको विषयलाई लिएर विवाद भएपछि अर्काे समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ । पेटमा छुरा प्रहार भएपछि उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ । छुरा हान्ने मुख्य युवक फरार रहेका छन् ।

ललितपुर परिसरको नेतृत्व एसएसपीले गर्दै आएका छन् । प्रहरी कार्यालयअगाडि सो घटना भएपछि प्रहरीको आलोचना हुन थालेको छ ।

राजधानी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’