शनिबार यस वर्षकै सबैभन्दा धेरै चिसो

शनिबार यस वर्षकै सबैभन्दा धेरै चिसो

२ माघ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको छ । पश्चिमी वायुको प्रभावले देशभर अझै चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले बताए । ‘पानी पर्ने सम्भावना बढेकाले अझै चिसो हुन सक्छ,’ सुवेदीले भने, ‘कति डिग्रीसम्म तापक्रम झर्छ भन्ने अनुमान गरिएको छैन । तर, चिसो बढ्न सक्छ ।’

सुवेदीका अनुसार पश्चिमी वायु बिस्तारै पश्चिम नेपाल हुँदै पूर्वतिर गएकाले मध्य र पूर्वी नेपालका पहाडी जिल्लामा छिटफुट वर्षा हुन सक्नेछ । पश्चिम नेपालका केही ठाउँमा पनि वर्षा हुनसक्ने अनुमान छ ।

काठमाडौंमा शनिबार अधिकतम १६ दशमलव ४ डिग्री र न्यूनतम शून्य दशमलव ४ डिग्रीसम्म तापक्रम पुगेको छ । गत वर्ष पनि काठमाडौंको तापक्रम शून्यमा झरेको थियो । हिमाली क्षेत्र जुम्लामा अधिकतम १९ दशमलव ४ न्यूनतम र न्यूनतम माइनस ८ डिग्रीसम्म पुगेको थियो । नेपालगन्जममा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमवलव ४ डिग्री थियो । विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले तराईमा शीतलहरबाट कसैको मृत्यु भएको सूचना नआएको बताए । ‘तराईमा चिसोबाट मृत्यु भएको हुन सक्छ । तर, शीतलहरबाट एकजनाको मृत्यु भएको छैन,’ पन्थीले भने ।

नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा