केपी ओलीको योजनामा बर्तमान सरकारले तातोपानी खन्याउने काम गर्यो : महेश बस्नेत

Mahesh-Basnet-650x250भक्तपुर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री केपी ओलीको खुट्टा काटेर आफू अग्लो हुन खोजेको आरोप लगाएका छन् ।

अघिल्लो सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नगरेर समृद्ध नेपाल बनाउने केपी ओलीको योजनामा बर्तमान सरकारले तातोपानी खन्याउने काम गरेको उनले बताए ।

भुकम्पपछिको पुनर्निर्माण अलपत्र पारेर, प्राधिकरणको कार्यकारी प्रमुखमाथि अयोग्यताको बिल््ला भिराएर प्रधानमन्त्री दाहाल पानी माथिको ओभानो बन्ने कोशिस गरिरहेको बस्नेतको भनाई थियो ।

बृद्ध भत्ता, शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिने व्यबस्था, गाबिस स्तरमा बढाइएको अनुदान, मधेसको जिल्ला सदरमुकाम केन्द्रीत चक्रपथ र ब्य्बस्थित शहर बनाउने योजना, केरुङ्ग–काठमाडौ–लुम्बिनी रेलमार्ग जस्ता ऐतिहासिक सम्झौताको वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए ।

एमाले नेता बस्नेतले दाहालको यस्ता कदमले ओलीको हाईट घट्दैन, झन चुलिने बताए । सरकारको यो करिब छ महिने कार्यकालमा प्रचण्ड झन बामपुड्के भएका उनले बताए । केपी सरकारले बिनियोजन गरेको २ करोडमा निर्माण हुनलागेको आसापुरी पँलासे सडक खण्डको सिल्यानयास गर्दै बस्नेतले उक्त कुरा बताएका हुन ।

हनुमन्ते र मनोहरा कोरिडोर, सुर्यबिनायकमा बन्न लागेको अन्तर्राष्ट्रिय प्राणी उद्धान केन्द्र, पाण्डोबजार हाइट र टिगेनीमा बन्न लागेको ७ करोड घनमिटरको मेलम्ची खानेपानी आयोजनाको ट्यांकी, दुवाकोट्मा बन्न लागेको वीर अस्पतालको आधुनिक भवन, आधुनिक स्याटलाइट सिटि, डोलेश्वर, अनन्तलिङ्गेश्वोर,चाङ्गु नारायण,दक्षिण बाराही मन्दिर निर्माण गर्दै भक्तपुरलाई साँस्कृतिक सहर घोषणा गर्ने र भक्तपुरका ग्रामीण क्षेत्रमा ५ दर्जन सडक बिस्तार गर्ने लगायतको योजनाको लागि ४ अर्ब भन्दा बढी बजेट बिनियोजन गरेर केपी ओली सरकारले भक्तपुरमा बिकासको लहर ल्याएको बस्नेतले बताए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना