प्रचण्ड रणनीतिः एक भोट, एक मन्त्री !

प्रचण्ड रणनीतिः एक भोट, एक मन्त्री !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रीमण्डल विस्तारको तयारी गरेको छ । व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने साना दलका तर्फबाट दुई मन्त्रीलाई सकेसम्म आजै सपथ खुवाउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ । ‘मलाई प्रधानमन्त्रीले फोन गरेर तयारी अवस्थामा बस्नु आजै सपथ लिनु पर्ने हुनसक्छ भन्नुभएको छ,’ सिंहले पहिलो न्युज डटकमसँग भने, ‘म तयारी अवस्थामा छु ।’

तर, मन्त्रीको चर्चा चलेका खड्काले भने अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘मलाई मन्त्री बनाउने कुरा प्रचण्ड सरकार गठन भएदेखि नै हो,’ खड्काले भने, ‘आजै सपथ खाने भन्ने कुराको जानकारी चाहिँ अहिलेसम्म आएको छैन ।’

सिंहलाई त प्रधानमन्त्रीले तयारी अवस्थामा बस्नु भनेर फोन गर्नु भयो रे नि त भनेर गरेको प्रश्नमा खड्काले भने– ‘मलाई केही भन्नु भएको छैन त्यसैलै तयारी अवस्थामा पनि छैन ।’

एक सिट एक मन्त्री
व्यवस्थापिका संसद्मा टेबुल भएको संविधान संशोधन प्रस्तावका पक्षमा दुईतिहाइ पुर्याउने रणनीति अनुरुप अहिले प्रचण्ड नेतृत्वको सरकारले एक सिटे दललाई पनि मन्त्री पद बाँड्न थालेको छ । पछिल्लो समय राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा सहभागी गराउने राणनीतिमा प्रचण्ड रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना