राज्यकोष रित्याउँदै भिआइपी

राज्यकोष रित्याउँदै भिआइपी

१ माघ ।

को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन ।

सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार हुन्छन् । आयोजनाको महंगो गाडी यहाँ आउने भिआइपी ओसार्न बाहेक अरू काममा प्रयोग गरिएको छैन। आफ्नो कामको लागि प्रयोगमा नआएपनि आयोजनाले मर्मतसंहार, चालक र इन्धन भर्दै आएको छ।

भिआइपी आएको बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र ? स्कर्टिङका लागि साइरनसहितको प्रहरी गाडी चाहिन्छ। भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन्। ट्राफिकको गाडी कुदाइरहनुपर्छ। अघिपछि प्रहरीका साइरनवाला सवारीको ताँती। उत्तीकै संख्यामा अन्य सरकारी सवारी साधन प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यलयका हाकिमको गाडीको लस्कर देख्न पाइन्छ।

शीर्ष तहका नेता, पूर्वप्रधानमन्त्री, मन्त्री र सरकारी निकायका भिआइपी आउँदा यस्तो दृश्य देखिन्छ। भिआइपीको सवारी चलाउन तथा तिनको अघि देखापर्न चल्ने तछाँडमछाड ले अनाहकमा राज्यकोषको दोहन भइरहको छ।नागरिक दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा