सुन तस्करीबारे महराले मुख खोले- म त भुरेभारे मात्रै हो
१ माघ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफुहरु चाहिँ भुरामात्र भएको बताएका छन् । अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् ।
‘केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नुभाहोला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भनन चाहदिनँ, धेरै ठुला माछाहरु छन् यसमा । हामी त भुरेभारेमात्र हो ।’
अन्नपूर्ण पोष्टबाट