मान्त्रीको सचिबालयमा भाइभतिजाहरुकै हालीमुहाली

Cabinet-Meetingमन्त्रीहरुले स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दोहोरिएको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय सचिवालय उनीहरुकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएको छ ।

प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् । यसैगरी उनले भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको छन् । उपप्रधानमन्त्री कृष्णबहदुर महराले पनि छोरा राहुललाई स्वाकीय सचिवालयमा मनोनयन गरेका छन् । महाराका अर्का छोरा निर्मल पनि बाबुका अघोषित सल्लाहकार हुन् ।

सहरी बिकास राज्यमन्त्री मिठु मल्लले पनि छोरा रविप्रकाशलाई स्वकीय सचिवमा नियुक्त गरेकी छन् । पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाले भतिजा शैलेन्द्रलाई स्वकीय सचिव नियुक्त गरेका छन् । श्रममन्त्री सूर्यमान् गुरुङले पनि भतिजा डिल्ली गुरुङलाई स्वकीय सचिव बनाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नाता पर्ने ईश्वरी ओझालाई स्वकीय सचिव नियुक्त गरेका छन् । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले पनि भतिजा रञ्जितकुमारलाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना