सर्वाधिक हिट फिल्म “छक्का पन्जा”आजबाट यूट्यूबमा ( पुरै फिल्महेर्नुहोस)

chhaka-panja-650x399काठमाण्डौं । फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर छक्का पन्जालाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।

फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए।

उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न पनि आग्रह गरेका थिए।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ। १६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो।

स्टाटसमा गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताउँदै नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा लेखेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना