चीनका कृतिम टापुमा ट्रम्पले नाकाबन्दी गर्ने

donald-trump-5822bda096a582-26312464 नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयका सदस्यका उम्मेदवारमध्ये एक रेक्स टिलरसनले चीनले दक्षिण चीन सागरमा बनाएको मानवनिर्मित टापुमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले बेइजिङसँग अमेरिकाको सम्बन्धलाई चिसो बनाउन सक्ने विश्लेषण गरिएको छ ।

बेइजिङ अन्य देशले दाबी गरिरहेको दक्षिण चीन सागरमा चीनले टापु निर्माण गरिरहेको भन्दै सो क्षेत्रमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने उनले बताएका हुन् । अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित टिलरसनले चीनको यो काम रुसले क्रिमियालाई युक्रेनबाट कब्जा गरेको घटनासँग तुलना गरेका छन् ।

‘हामीले चीनलाई यी संकेत पठाउँदै छौं, पहिलो उनीहरूले टापुहरू निर्माण रोक्नु पर्छ र दोस्रो उनीहरूले बनाएका टापुहरूमा उनीहरूलाई प्रवेशमा रोक लगाउनेछौं,’ उनले भनेका छन् । चीनले पुरै दक्षिण चीन सागरमा दाबी गर्दै आएको छ । यता फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईले समेत दक्षिण चीन सागरमाथि दाबी गर्दै आएका छन् । ओबामा प्रशासनले चीनको सो दाबीविरुद्ध प्रतिकार गर्दै आएको छ । टिलरसनले अमेरिकाले कसरी ती टापुमा नाकाबन्दी गर्छ भन्ने खुलाएका छैनन् ।

उनको अभिव्यक्तिलाई लिएर चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले चीनलाई आफ्नो भूभागमा शान्तिपूर्ण गतिविधि गर्न कसैले पनि रोक्न नसक्ने बताएका छन् । यसअघि सो टापुको रक्षाका लागि चीनले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा