सम्पत्ति लुकाउनेमा शिक्षक सबैभन्दा अगाडि,१० हजार शिक्षकले बुझाएनन् विवरण

teacherकाठमाडौं –सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरु अगाडि देखिएका छन् । राट्रिय सर्तकता केन्द्रले सार्वजनिक गरेको प्रतिबेदनमा तोकिएको समयमा सम्पत्ति बिवरण नबुझाउनेमा शिक्षकहरु अग्रपंक्तिमा आएका हुन् ।

देशभर कूल ८२ हजार ७ सय २२ जना शिक्षक रहेकोमा १० हजार २ सय १५ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् । केन्द्रले हालै सार्वजनिक गरेको विवरणमा ७२ हजार ५ सय ७ शिक्षकले विवरण बुझाएका छन् । सार्वजनिक पद धारण गरेर विवरण नबुझाउने प्रतिशतमा सबैभन्दा बढी शिक्षकको प्रतिशत १२ दशमलव ३४ प्रतिशत छ ।
हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान अनुसार निर्धारित समयभित्र सम्पति विवरण बुझाउनुपर्ने प्रावधान छ ।
आर्थिक वर्ष शुरु भएको २ महिनाभित्र पनि सम्पत्ति विवरण बुझाउन नसकेमा ३० दिनको समय मागेर पनि बुझाउन पाउने व्यवस्था भएपनि सो अवधीमा पनि शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् ।
यस्तै राष्ट्रिय सर्तकता केन्द्रका अनुसार ८२ हजार ५ सय ३० निजामती कर्मचारी मध्ये ७८ हजार २८ ले समयभित्र सम्पति विवरण बुझाए भने ४ हजार ४ सय १६ कर्मचारीले भने सम्पति विवरण बुझाएनन् । यस्तै ८६ कर्मचारीले म्याद भन्दा पछाडि सम्पत्ति विवरण बुझाएका छन् ।
यता ९२ हजार ८६ सैनिक मध्ये २ हजार ६ सय १३ सैनिकले सम्पति विवरण बुझाएनन् । प्रहरी तर्फ कूल ९६ हजार ५ सय २५ प्रहरी मध्ये ४ सय ९२ प्रहरीले सम्पति विवरण नबुझाएको राष्ट्रिय सर्तकता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
यस्तै अन्य सार्वजनिक पद धारण गरेका ८० हजार ८ सय ५३ ब्यक्तिमध्ये १४ सय ७७ जनाले सम्पत्ति विवरण बुझाएनन् ।
सार्वजनिक पद धारण गरेका ४ लाख ३४ हजार ७ सय १६ मध्ये १९ हजार २ सय १३ व्यक्तिले सम्पत्ति विवरण नबुझाएका हुन् । यस्तै २ हजार ७ सय २ जनाले म्याद पछि सम्पति विवरण बुझाएका हुन् ।
सम्पत्ति विवरण नबुझाउनेमा शिक्षा मन्त्रालय अगाडि
मन्त्रालयगत आधारमा पनि तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षा मन्त्रालय अगाडि रहेको छ । शिक्षा मन्त्रालय अन्र्तगत रहेका १५ हजार ६ सय ५ कर्मचारी मध्ये ३ सय ४५ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् भने १२ सय १४ कर्मचारीले म्याद पछि सम्पत्ति विवरण बुझाएका छन् ।
यस्तै सिंचाई मन्त्रालय अन्र्तगत रहेका १ हजार ८६ कर्मचारीमध्ये १ सय ८२ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । म्याद सकिएपछि ३१ कर्मचारीले विवरण बुझाएका छन् ।
यस्तै गृहमन्त्रालयका २ सय ६६ कर्मचारीमध्ये २ सय ४६ कर्मचारीले म्याद सकिएपछि सम्पत्ति विवरण बुझाए भने २० जना कर्मचारीले मात्र समयमा विवरण बुझाएका छन् ।
यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतका १८ हजार ८ सय ७६ कर्मचारी मध्ये ६ सय ९० ले सम्पत्ति विवरण बुझाएनन् भे ९७ जनाले म्याद सकिएपछि बुझाए ।
यस्तै उर्जा मन्त्रालय अन्र्तगतका ७ हजार ९ सय ८५ कर्मचारी मध्ये १ सय २४ कर्मचारीले विवरण बुझाएका छैनन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका ३ हजार ३२ कर्मचारी मध्ये ४७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
यस्तै कृषि मन्त्रालयका १८ सय ७७ कर्मचारीमध्ये २९ जनाले र सूचना तथा सञ्चार मन्त्रालयका ५ हजार ९ सय ३५ कर्मचारी मध्ये ३० जनाले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ ।
अघिल्लो बर्षको तुलनामा १ दशमलव ९२ प्रतिशत बढी पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
केन्द्रले समयमा सम्पत्ति विवरण नबुझाउनेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
आर्थिक वर्ष शूरु भएको ३ महिनासम्म पनि सम्पति विवरण नबुझाँउने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार जरिवाना र निजको परिवारको नाममा रहेको गैह्रकानुनी सम्पति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना