संशोधन प्रस्ताबको पक्षमा दुई तिहाई पुग्न असंभब , यस कारण पारित हुनै सक्दैन प्रस्ताब

deuba-prachandaपर्वत/सरकारले संशोधन प्रस्ताबको पक्षमा दुई तिहाई पु¥याउने कुरा बताइरहेको छ तर अहिलेको संसदको अंकगणित हेर्दा प्रस्ताब कुनै पनि हालतमा पारित नहुने देखिएको छ ।
संसदमा पेस भएको संविधान संशोधनका विपक्षमा एक तिहाईभन्दा बढी मत अहिले नै स्पष्ट देखिएकाले संशोधन प्रस्ताब कुनै पनि हालतमा पारित नहुने देखिएके हो ।
अहिलेको संसद्को गणितले संविधान संशोधन प्रस्ताव पारित हुने स्थिति देखाउँदैन । एमाले १ सय ८२, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, जनमुक्ति २, नेपाः १, दलित जनजाति १ र मधेस समता पार्टी १ गरी २ सय १ जना सांसद संशोधनका विपक्षमा छन् । १ सय ९७ सांसद विपक्षमा उभिएमा कुनै पनि हालतमा सत्तापक्षको दुई तिहाई पुग्दैन र प्रस्ताव पारित हुँदैन ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधी ढुक्कले भनिरहेका छन्, ‘संशोधन प्रस्ताव पारित हुन्छ, प्रक्रियामा सुरु हुनासाथ दुई तिहाई पुर्याइन्छ ।’आखिर उनीहरुको यो आत्मविश्वासको स्रोत के हो त ?
प्रस्ताव पारित हुने दुईवटा विकल्प छन्ः एक, प्रमुख प्रतिपक्षी एमालेलाई नै विश्वासमा लिने र दुई, त्यसो नभएमा ऊबाहेकका साना दललाई आफ्नो पक्षमा पार्ने ।
पहिलो विकल्प सम्भवै छैन । पाँच नम्बर प्रदेशलाई पहाड र मधेस गरी विभाजन गर्ने प्रस्तावका विरुद्ध यति ठूलो आन्दोलन भएको छ, एमालेले त्यसलाई राष्ट्रघाती प्रस्ताव भनेर दुत्कारिरहेको छ । यस्तो अवस्थामा कुनै पनि हालतमा उसले समर्थन गर्ने कुरा नै हुँदैन ।
दोस्रो विकल्प पनि कमजोर छ । किनभने, १२ सांसद भएका तीन साना वाम दल (माले, नेमकिपा र जनमोर्चा) संशोधनका मामिलामा एमाले जत्तिकै कठोर छन्, उनीहरु कुनै पनि हालतमा यसका पक्षमा जान सक्दैनन् । चार वटा वामपन्थी दलको मात्रै जोड्दा पनि १ सय ९४ मत हुन्छ ।

बाँकीमध्ये शिवलाल थापाले नेतृत्व गरेको जनमुक्ति पार्टीसँग २ सांसद छन्, जो लामो समयदेखि एमालेसँगैको सहकार्यमा छन् । केपी ओलीको नेतृत्वमा मन्त्री समेत भएका थापाले कुनै हालतमा एमालेसँग गठबन्धन तोड्ने पक्षमा नरहेको बताइरहेका छन् । जनजाति बहुत उक्त पार्टी मधेसलाई खुसी पार्न दक्षिणतिरबाट प्रस्ताव आएको भन्दै सुरुदेखि नै विरोधमा छ । यति गर्दा विपक्षी गठबन्धनसँग १ सय ९६ मत सुरक्षित हुन्छ ।
नेपाः पार्टीका लक्ष्मण राजबंशी स्थापनाकालीन कम्युनिस्ट कार्यकर्ता हुन् र देशलाई कमजोर बनाउने प्रस्तावमा बुढेशकालमा हस्ताक्षर गर्दिनँ भन्दै उनले त्यसका विपक्षमा कडा अडान राखिरहेका छन् ।

मधेस समता पार्टीका मेघराज ने्पाली निषाध चाहिँ मधेसी मोर्चाका कडा आलोचक छन् । केपी ओली र सुशील कोइरालाबीच प्रधानमन्त्रीको चुनाव हुने बेलामा मृगौलाको उपचार गराइरहेका उनले संसदमा आएर ओलीलाई मत हालेका थिए र कोइरालालाई मत हाल्न आफूलाई भारतीय दूताबासले आर्थिक प्रलोभन देखाएको सार्वजनिक गरेका थिए । उनी अर्को गठबन्धनमा जान सक्ने अवस्था नै छैन ।
दुई सांसद भएको नेपाल परिवार दल र एक सांसद भएका विशेन्द्र पासवान पनि विपक्षी गठबन्धनमा आएर भाषण गरिरहेका छन् । यस्तो अवस्थामा माथिका दुबै विकल्प काम लाग्दैनदन् र सत्तापक्षले आवश्यक दुई तिहाई पु्रयाउने सम्भावना छैन ।

त्यसो भए सत्तापक्षको दाउ के हुन सक्छ, सांसद खरिद ?

बजारमा ‘एमालेभित्रैकाले मत हाल्छन्’ भनेर सत्तापक्षले हल्ला चलाइरहेको छ, जसलाई एमाले नेताहरुले दिवास्वप्न भनेर टिप्पणी गरेका छन् ।

छवटा कारणले त्यो सम्भव छैन ।

पहिलो, सांसदमाथि ह्वीप लाग्छ । ह्वीप उल्लंघन गरेमा सम्बन्धित पार्टीले लिखित सूचना दिएर उसको पद खाइदिन्छ । त्यस्तो जोखिम कुनै सांसदले उठाउने सम्भावना छैन ।

दोस्रो, विपक्षी दलको कुनै सांसद अनुपस्थित भइदिएर सत्तापक्षलाई सहयोग पुग्दैन, उसले पक्षमै मत हाल्नुपर्छ । त्यसैले गोप्य साँठगाँठ गरेर कसैले सहयोग गर्न सक्दैन ।

तेस्रो, संसद्मा गोप्य मतदान हुँदैन । संशोशनका पक्षमा मत हाल्नेहरु एकातिर र विपक्षमा मत हाल्नेहरु अर्को्तिर लाइनमा लाग्नुपर्छ । त्यस्तो अवस्थामा सम्बन्धित दलले पहिलेदेखि नै निगरानी बढाइरहेको हुन्छ र कोही त्यसरी फ्लोर क्रस गरेर हिँड्यो भने भौतिक रुपमा पनि ऊ सुरक्षित हुने सम्भावना कम रहन्छ ।

चौथो, त्यसरी कसैले मत हालेमा त्यसको राजनीति सोही दिनदेखि समाप्त हुन्छ र ऊ दलालका रुपमा चित्रित हुन्छ ।

पाँचौँ, मधेसी दलको दवावमा ल्याइएको प्रस्तावप्रति एमालेका कुनै पनि सांसद सहमत छैनन् । मधेसका समस्या समाधान गर्नुपर्छ भन्ने मत त छ तर यसबाट समाधान हुन्छ भन्ने उनीहरुको विश्वास छैन ।

छैटौँँ, यस संशोधन प्रस्तावका विपक्षमा उभिने, आन्दोलन गर्ने र संसद्मा छलफल गर्न नदिनेबारेमा एमाले नेतृत्वबीच कुनै मतान्तर छैन । यसकारण पनि कसैले औँला घुसाएर खेल्न सक्ने अवस्था छैन ।

अहिलेसम्म प्रस्तावका पक्षमा मुख नखोले पनि सत्ताको बार्गे्निंग गर्नमा माहिर कमल थापा र विजय गच्छदारले प्रस्तावका पक्षमा मत हाल्न सक्छन् भन्नेमा एमाले पहिलेदेखि नै जानकार छ । तर, ती सबैले हाले पनि सत्तापक्षले दुई तिहाई पुर्याउन सक्दैन । यस्तो अवस्थामा प्रस्ताव पारित हुन्छ भनेर कसलाई झुक्याउन खोजिएको छ भन्ने प्रश्न खडा भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना