दंगलले. कमायो ३५० करोड, धेरै कमाई गर्ने चलचित्र बन्न सफल
मुम्बई – आमिर खान अभिनित चलचित्र दंगलले बक्स अफिसमा हंगामा मच्चाउँदे एकपछि अर्को किर्तिमान तोडिरहेको छ ।
केही दिनअघि मात्र सलमान खानको सुल्तानले बनाएको किर्तिमान तोडेको दंगल ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।
चलचित्र रिलिज भएको १९ औँ दिनसम्म पनि यसले राम्रो व्यापार गरिरहेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले हालसम्म ३५३.६८ करोड भारु कमाइसकेको छ ।
यअसघि आमिरकै थ्री इडियट्स २ सय करोड बनाउने पहिलो चलचित्र बनेको थियो भने उनकै पिके ३ सय करोड कमाउने पहिलो चलचित्र बनेको थियो ।
अहिले दंगलले त्यो आँकडालाई पार गर्दै ३५० करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ ।