इन्डोनेसियामा ९ नेपाली पक्राउ (नामावलिसहित)
इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक साताअघि इन्डोनेसिया पुर्याएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ।
मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन, जगन्नाथ पाण्डे, सञ्जीव आरटी, अनिश लामा, राजेन्द्र लिम्बू, कैलाश तामाङ, विष्णुबहादुर पुन र प्रकाश लामा छन् ।