थापा र गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी

kamal-thapa-bijaya-gachchedar-300x160प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो ।
संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेकोछ।

थापा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो । तर यस विषयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेको हो ।

प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । उनी माघ १ गते उन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन युएई जाँदै छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना