संशोधन असफल पार्ने रणनीतिमा एमाले

UML Head Officeप्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै प्रक्रियामा विरोध गर्ने भएको छ। संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ। भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ ।

विधेयक असफल बनाउन विपक्षी ९ दलबीच एकता कायम राख्दै सीमांकन हेरफेरको विरोधमा रहेका राप्रपालगायतका दललाई पनि विपक्षमा रहन एमालेले ‘कन्भिन्स’ गर्दै छ। एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक वार्तासमेत गरिसकेका छन् । अवरोधबीच संशोधन अघि बढ्न नसक्ने बताए पनि एमाले प्रक्रियामा जाँदा सत्तापक्षलाई कमजोर बनाउने रणनीतिमा छ ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेकोछ।

निर्वाचनसँग जोडिएका विधेयक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ । ‘हामीले संशोधनको मामिलामा अवरोध गरेका हौँ,’ एमाले नेता अग्नि खरेलले भने, ‘तर, संविधान कार्यान्वयनका मामिलामा हामी सदन अवरोध गर्दैनौँ, सरकारले गल्ती नै गरेछ भने पनि सच्याएर भए पनि अघि बढ्न एमाले तयार छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा