लोकसेवाद्वारा ११ सय १२ नायब सुब्बा माग

loksewa-aayog-pscलोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ ।
लोकसेवाले २१ दिनको म्याद दिएर ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । आयोगकी सूचना अधिकारी गीताकुमारी होमगार्इंले निजामती सेवामा नयाँ जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ दरखास्त आह्वान गरिएको जानकारी दिइन् । ‘आयोगको नियमित क्यालेन्डरअनुसार नै दरखास्त आह्वान गरिएको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘बेरोजगार युवायुवतीका लागि सरकारी सेवामा प्रवेश गर्ने यो सुनौलो अवसर हो ।’यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
प्रशासन सेवामा सबैभन्दा बढी माग
आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि दुई सय २२ र राजस्व समूहका लागि ७७ जना माग गरिएको छ । यसैगरी, न्याय सेवातर्फ न्याय समूहका लागि एक सय ६०, सरकारी वकिल समूहमा १६ र कानुन समूहमा ६ जनाको माग भएको छ । यसैगरी, लेखा परीक्षण सेवाका लागि चारजना, परराष्ट्र सेवाका लागि पाँचजना र व्यवस्थापिका–संसद्का लागि खुलातर्फ १६ जना मागिएको छ भने आन्तरिक प्रतिस्पर्धाका लागि २४ जना मागिएको छ । यो माग भने व्यवस्थापिका–संसद् आफैँले पदपूर्ति गर्नेछ ।
पहिलो चरणको परीक्षा फागुनमा
आयोगले देशका विभिन्न नौवटा अञ्चल कार्यालय र पाँचवटा क्षेत्रीय निर्देशनालयमार्फत नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा र दोस्रो चरणको वैशाखमा हुनेछ भने लिखित परीक्षाको नतिजा साउन–भदौमा तथा सिफारिस असोज महिनासम्म गरिने आयोगले जनाएको छ । नायव सुब्बा परीक्षामा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता आइए उत्तीर्ण वा सोसरह हुनुपर्छ । १८ वर्ष पुगेका जोसुकैले दरखास्त दिन सक्नेछन् ।-

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा