डिएसपी गंगा पन्तलाई सरुवा नगर्दा रामहरीलाई घडी चोरको आरोप?
पर्वतबाट केही महिना अघि हेडक्वाटर सरुवा भएकी हुन डिएसपी गंगा पन्त । उनलाई भनेको र रोजेको ठाउँमा सरुवा नगरिदीदा उनका श्रीमानले आफुँलाई घडी चोरको रुपमा फसाएको आरोप कांग्रेस साँसद रामहरी खतिवडाले लगाएका छन। पुर्ब प्रधानसेनापति छत्रमानसिंह गुरुङ्गका छोरा प्रबलमानले लकरमा राखेको १४ लाख पर्ने रोलेक्स घडी हराएको भनेपछि त्यो घडी साँसद खतिवडाले फिर्ता गरेका थिए । उनलाई घडीचोरको आरोप लागेपछि उनले तत्कालै प्रतिक्रिया दिए, ‘त्यहाँ जाने एकजना साथीकी श्रीमती प्रहरीमा जागिरे छन्, उनलाई भनेको ठाउँमा सरुवा गर्न नसक्दा ममाथि षड्यन्त्र भयो ।’ रामहरिले भन्न खोजेकी प्रहरी हुन्, डिएसपी गंगा पन्त ।
२०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएकी । दुई वर्षअघि उक्त ब्याचको डिएसपीमा बढुवा हुँदा गंगा एक नम्बरमा परेकी थिइन् ।
सामान्यतया प्रहरीमा एक नम्बरको अधिकृतले पोष्टिङका लागि तयतिसाह्रो भनसुन गरिरहनुपर्दैन । रामहरिका साथीचाहिं गंगाका श्रीमान तथा काठमाण्डु महानगरपालिका मातहतको नगरराक्षक प्रहरीका डिएसपी राजु पाण्डे हुन् ।
उनै राजुले प्रवलको घडी आफ्नो खल्तमा हालिदिएको आशय थियो, रामहरिको । तर, राजुले यो कुरा अस्वीकार गर्दै भने, ‘यो कुरा झुठ हो ।’
यो समाचार आजको जनआस्था साप्ताहिकले छापेको छ ।
चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भारइरल बनेको हो ‘१४ लाखको घडी ।युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलयमा छन् ।
घटना गत बिहीबार, लाजिम्पाटस्थित होटल ९याडिशनमा सञ्चालित फिटनेश क्लब ९याडको हो । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानले लकरमा राखेको १४ लाख मूल्यको रोलेक्स घडी हराएको उजुरी दरबारमार्ग प्रहरीलाई दिए । र, क्लबमा त्यसबेला रहेका सबैसँग सोधपुछ हुँदै जाँदा रामहरिले घडी प्रहरीलाई बुझाइदिएका थिए ।