चीन संगको सिमामा कडाई गर्न शसस्त्र प्रहरी प्रमुखको निर्देशन

durja-rai-2
मुस्ताङ्ग/सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले तीब्बत संगको सिमानामा कडाई गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन।
हिमालपारीको जिल्ला मुस्ताङ्गमा सीमा सुरक्षा गुल्मको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै सिमाबाट दुई देशको सम्बन्धमा असर पर्ने कुनै पनि गतिबिधी हुन नदिने गरि कडाई गर्न निर्देशन दिएका हुन ।
तिब्बतबाट शरणार्थीहरु बाहिरीने र माथिल्लो मुस्ताङ्गमा चीन बिरोधी गतिबिधी बढी हुने भन्दै चीनले सिमा सुरक्षामा कडाई गर्दै आएको छ । कोरल्ला नाका सुचारु भएको अवस्थमा अझै शसस्त्र प्रहरीको भूमिका बढी हुने भएकाले सोही अनुसारको जिम्मेवारी निर्वाहका लागि तयार रहन समेत निर्देशन दिए । ‘उत्तरी सिमाको सुरक्षा सम्बेदनशीलताका हिसाबले हाम्रो भूमिका बढाउन जरुरी छ’ उनले भने ‘कोरल्ला नाका खुल्ला भएमा अझै चुनौती थपिन्छ, त्यसका लागि तयार रहनुहोला’ durja-rai-1
भारत तर्फको १ हजार ८ सय ६५ किलोमिटर र चीन तर्फ १ हजार ६ सय ६५ किमि सीमा क्षेत्रको सुरक्षा जिम्मा सशस्त्र प्रहरीको छ । सदरमुकाम जोमसोममा रहेको सुरक्षा बेस गुल्मबाट उत्तरी सिमाना १ सय ५ किमि टाढा छ । मुस्ताङ्गमा १८ देखि ३३ नम्वर सम्मका सीमा स्तम्भ मध्ये सानो स्तम्भ ९ वटा र मझौला स्तम्भ ७ वटा गरी जम्मा १६ वटा सीमा स्तम्भहरु रहेका छन् । शसस्त्र प्रहरीले गुल्मबाट टोली खटाई सीमा ईलाकाको समय समयमा निरीक्षण तथा अनुगमन गर्दै आएको छ । कोरला नाका संचालन गर्न पूर्वाधार निर्माणको लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मलाई चीनसंगको सीमावर्ती गाविस छोसेरमा ३० रोपनी जग्गा दिने गरि प्रक्रिया अगाडी बढेको छ । जग्गा भएपछि आवश्यक पूर्वाधार निर्माण गरी सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थायी रुपमा सीमा क्षेत्रमा बस्ने तयारीमा रहेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज जोशीले जानकारी दिए ।
उक्त भवन २ करोड ९९ लाख ४२ हजार रुपैयाँमा निर्माण भएको हो । उक्त गुल्मकमा सीमा सुरक्षा गुल्मको रुपमा १ सय ६० जना शसस्त्र प्रहरी कार्यरत छन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा