पोखराको पर्यटकीय केन्दमा भीषण आगलागी, २ करोड बढीको क्षति, २ घाईते

pokhara-aaglagiपोखराको बाराहीचोकस्थित ट्राइस्टार रेष्टुरेण्टमा गएराति भीषण आगलागी भएको छ। आगलागीले रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। राति करिब १० बजेर २५ मिनेटमा लागेको आगोले रेष्टुरेण्टको तल्लो तलामा रहेको ट्राभस एजेन्सी, सनराइज बैंकको एटिएम काउन्टर, मनिचेन्जर, र्‍याफ्टिङको कार्यालय समेत जलेको छ।  काठैकाठले बनेको उक्त रेष्टुरेण्ट धमेन्द्र बाटाजुले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए। रूफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र थियो। आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीन वटा दमकल र खानेपानी प्रयोग गरिएको थियो। आगोलागीबाट रेष्टुरेण्ट अगाडिका दुई वटा मोटर साइकल जलेका छन् भने पछाडिको होटलमा समेत क्षति पुगेको छ। मध्यरात करिब १ बजे आगो नियन्त्रणमा आएको थियो। आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण घटनास्थल पुगेका थिए। विजुली सट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। आगलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीका अनुमान छ। आगो निभाउने क्रममा सञ्चालनमा धर्मेन्द्र बाटाज र दमकलका कर्मचारी रामजी केसी घाईते भएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)