प्राधिकरणका सीईओबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

 sushil-gyawali

 

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने बैठकमा ज्ञवालीले दिएको २४ घण्टे दोस्रो स्पष्टीकरणबारे छलफल र निर्णय हुने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक हरेक साता बिहीबार बस्ने गरेको छ । स्रोतका अनुसार प्राधिकरणको सीईओजस्तो महत्त्वपूर्ण पदमा लामो समय अन्योल राख्न नहुने भएकाले बुधबारै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ मन्त्रिपरिषद् उनीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ज्ञवालीको स्पष्टीकरणको जवाफ चित्तबुझो नभएको निष्कर्ष निकाल्दै पुन: दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफसमेत आइतबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेका छन् । मन्त्रिपरिषद्मा ज्ञवालीको दोस्रो स्पष्टीकरणको जवाफमाथि छलफल हुने र प्राधिकरणमा उनको भविष्यबारे निर्णय हुने जानकारी स्रोतले दिएको छ ।

प्रमुख सत्तारूढ दल कांग्रेसले प्राधिकरणको सीईओमा आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेसले सीईओमा योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलको नाम अघि सारेको छ । पोखरेल केही समय प्राधिकरणको सीईओसमेत थिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा