मुक्ति समाजको भेलामा दुर्लुङ्गका दलित समुदाय एमालेमा प्रबेश
पर्वत, पर्वतका कुश्मा नगरपालिका स्थित दुर्लुङमा जातिय उत्पीडित मुक्ति समाजको अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा न ६ र ७ स्थित दुर्लुङमा मंगलबार मुक्ति समाज पर्वतको नयाँ नयाँ कार्य समिति चयनका लागि उक्त भेला सम्पन्न भएको हो ।
भेलामा मुक्ति समाजका केन्द्र्रिय सचिव मनोहर वि. पौडेल नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जिल्ला सदस्यहरु कविता विक, शिवलाल सार्की, वडा कमिटिका अध्यक्ष खडग बहादुर गुरुङ, युव संघका ज्ञानेन्द्र नेपाली, प्रकाश बस्याल लगाएतले अधिवेशनमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
क्षेत्रीय कमिटि अध्यक्ष शिवबदादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामबहादुर नेपालीले गरेका थिए ।
भेलाले ६ नम्बर वडामा नितेष कार्कीको अध्यक्षतामा वडामा ११ सदस्यीय गरेको छ भने, ७ नम्बर वडामा दलबहदुर विकको अध्यक्षतामा ११ सदस्यी वडा कमिटिको गठन गरेको छ । उक्त अवसरमा १५ जना कार्यकर्ता अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले पर्वतका कार्यालय सचिव शिवलाल सार्कीले जानकारी दिए । भेलामा दलित जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।