जिल्ला पञ्चायतका पूर्व सभापति लागु औषध मुद्दामा पक्राउ

Gajbahadur Gurungलमजुङ । अदालतको कैद भुक्तान नगरेको भन्दै जिल्ला पञ्चायतका पूर्व सभापति गजबहादुर गुरुङलाई प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको छ ।

ढोडेनी गाउँ विकास समिति वडा नम्बर ३, हरिगाउँका अन्दाजी ७० बर्षीय गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाविसका पूर्व अध्यक्ष, जिल्ला पञ्चायतका पूर्व सभापति साथै हालको मेमेपोखरी विद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका गुरुङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

गुरुङ २०४६ सालअघि जिल्ला पञ्चायतका सवैभन्दा पछिल्ला सभापति हुनुहुन्थ्यो । २०४६ सालमा बहुदलीय ब्यवस्था आएपछि पञ्चायतकालीन राज्यवस्था ढलेको थियो । २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि भ्रष्टाचार तथा दैनिक कार्यसम्पादन सुस्त बनाउन गठित दौडाह टोलीको गुरुङ जिल्ला संयोजक हुनुहुन्थ्यो ।

पूर्वी क्षेत्रमा नामुद समाजसेवीको रुपमा रहनुभएका उहाँ फरार अभियुक्त रहेको जानकारी सीआइबीका अधिकारीले शनिबार जानकारी गराएपछि दोर्दीखोलामा आयोजित एक कार्यक्रममा गुरुङसंगै रहनुभएका प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेल अचम्ममा पर्नुभएको थियो । भोलिपल्ट (आइतबार) बोलाएर सीआइबीको जिम्मा लगाउने योजना बनाएको र श्रीमञ्ज्याङ प्रहरी चौकीको सम्पर्कमा जान भनेपछि गुरुङ सरासर चौकीको सम्पर्कमा गएपछि सीआइबीको टोलीले काठमाडौं लगेको खरेलले बताउनुभयो । प्रहरीका अनुसार गुरुङलाई काठमाडौंमा पुनरावेदन अदालत पाटनले लागुऔषध मुद्दामा २०५८ फागुन २१ गते १५ बर्षको कैद फैसला र ५ लाख रुपैयाँ जरिवाना सुनाएका ब्यक्ति हुन् ।

काठमाडौं जिल्ला अदालतको फैसलालाई पुनरावेदनले मुद्धा सदर गरेको प्रहरीले जनाएको छ । गाउँलेले उहाँ अपराधी हुन् भन्नेसम्मको सुइँको नपाएको स्थानीयले बताएका छन् । त्यतिबेला द्धन्द्धकाल रहेको र गुरुङ राप्रपाका स्थानीय नेता भएकाले माओवादीले ‘आँखी’ गरेकाले पनि काठमाण्डौ आउजाउमा समस्या भएको र तारेख नधाएको हुनसक्ने स्थानीयले बताएका छन् । तारेख छोडेपछि अदालतले एकतर्फी फैसला गरिदिएको हुनसक्ने स्थानीयको भनाई छ । तर, गाउँका धेरैजसोले गुरुङविरुद्ध अदालतले फैसाल गरेको जानकारी नपाएको स्थानीयले बताएका छन् ।

पुनरावेदन अदालतको फैसला र राजधानीमै मुद्दा परेकाले यसबारे उहाँ अपराधी हुन् भन्ने जानकारी नभएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । उहाँले गुरुङबारे कसैले जानकारी नगराएको र जिल्लाको अदालतले अपराधी ठह¥याएर कैदभुक्तान गर्न बाँकी अपराधीलाई पक्राउ गरेर बुझाउने गरेको बताउनुभयो । उहाँले यसअघि जिल्ला अदालतले ५ बर्षको कैद फैसला सुनाएका राइनास मोहोरियाकोट ५ का टुकबहादुर थापालाई २९ वर्ष पछि पक्राउ गरेर अदालतमा बुझाएको बताउनुभयो । उहाँले फरार अभियुक्तहरु १२ देखि १५ को संख्यामा पक्राउ गरि अदालत बुझाएको समेत बताउनुभयो ।दैनिकपाटीबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो