पर्वतको भोक्सिङ्गका जनताले पहिलोपटक गाउँमै पाए सदरमुकामका सेवा

sibir-768x432पर्वत । नागरिकलाई राज्यको पहुँच सहज बनाउने उद्देश्यले जिल्लाको दुर्गम भोक्सिङ गाविसमा संचालन गरिएको एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा जिल्लाका सबै कार्यालयहरुले एकिकृत रुपमा सेवा प्रवाह गराएका थिए । शिविरमा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय लगायतका कार्यालयहरुले सेवा प्रवाह गरेका थिए ।
त्यस्तै गरि शिविरमा नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, खानेपानी, सिंचाई, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल चण्डिका गण, राष्ट्रिय अनुसन्धान कार्यालय लगायतका सरकारी कार्यालयहरुले आ–आफ्ना सेवा उपलब्ध गराएका थिए ।
जिल्लाका दक्षिणी भागमा रहेका लुंखुदेउराली, पाखापानी, होश्राङ्दी, बालाकोट, बाच्छा, पाङराङ लगायतका गाविसका सेवाग्राहीहरुलाई जिल्ला सदरमुकामबाट हुने सेवाहरुको प्रवाह गरिएको थियो ।
शिबिरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले स्थानीय भिम कुमारी नेपालीलाई नागरिकता, टिकु मल्ललाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरेर शिविरको शुभारम्भ गरेका थिए ।
शिबिरको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मरासिनीले राज्यको सुबिधाहरु विकट गाउँमा रहेका नागरिकसम्म सहज ढंगले पुराउन शिबिर महत्वपूर्ण हुने बताए ।
सोही शिबिरमा जिल्ला विकास समिति पर्वतले सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको थियो । हरेक ४ महिनामा जिल्ला विकास समितिका साथै जिल्लाका अन्य विषयगत कार्यालयहरुले प्रवाह गरेको सेवाको बारेमा आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको थियो । सो अवसरमा स्थानीय नागरिकले विभिन्न कार्यालयको सेवा प्रवाहको बारेमा आफ्नो धारणा तथा प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा