हराएका भूसंरक्षण अधिकृत गौतम चितवनमा मृत फेला

kamal_prasad_gautam-5870a6246fd889-35966147पर्वत /पर्वतको राम्जादेउराली गाबिस वडा नं ५  घर भएका जिल्ला भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख कमलप्रसाद गौतम ८ दिन पछि मृत फेला परेका छन् ।
भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख गौतम चितवनको भरतपुर उपमहानगरपालिका वडा नं १ रामनगरको जंगलमा सोमबार साँझ मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गौतम जंगलमा नाइनलको डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय स्याङ्गजाको खोजतलास गरिदिने अनुरोधका आधारमा त्यस क्षेत्रमा खोज्ने क्रममा रुखमा झुण्डिएको शब फेला परेको र उक्त शब गौतमकै भएको पहिचान गरिएको हो । उनी झुण्डिएको नजिकै मोबाइल र सिम अलग पारेको सिम राखेर हेर्दा मोबाइल गौतमकै भएको र उनले भूसंरक्षण कार्यालयको ज्याकेट समेत लगाएका आधारमा पहिचान गरिएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । ‘शबको पहिचान भैसकेको छ, आफन्तलाई खबर गरेपछि उहाँहरु पनि आइसक्नु भएको छ’ उनले भने ।
गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम विभागमा नपुगेको खवर आएको थियो । न त कार्यालयमा नै फर्केर आए ! अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर भएका थिए । करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गरेका गौतमको घर पर्वतको राम्जादेउराली गाबिस वडा नं ५ भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् । घटनाका बारेमा थप अनुसन्धान भने भैरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’