एमालेलाई मधेसबाट लखेट्ने सपना नदेखे हुन्छ -माधव नेपाल

nepal1केही मधेस केन्द्रित दलहरुले तराईबाट एमालेलाई ‘ढोल पिटेर लखेट्ने’ चेतावनी दिइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने भारतकै सीमा क्षेत्र नजिक पुगेर आफू मधेसको धर्तीपुत्र भएको भन्दै एमालेलाई मधेसबाट लखेट्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमबार सुनसरी जिल्लाको हरिनगर गाविसमा एमाले सुनसरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएक नेपालले मैथिली भाषामै सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन् । सोमबार कार्यक्रम हुने निश्चित भएपछि आइतबार साँझ केही मधेस केन्द्रित दलले कार्यक्रम विथोल्न मसाल जुलुस र कालो झण्डासहित ‘मधेसबाट एमालेलाई बिदाइ कार्यक्रम’ गरेका थिए ।

तर, त्यसको २४ घण्टा पनि बित्न नपाउँदै त्यही स्थानमा एमालेले भव्य कार्यक्रमको आयोजना गरेर चुनौति दियो भने नेता नेपालले पनि त्यही ठाउँबाट मैथिलीमै भाषण गरेर तराईका जनताको मत जित्ने प्रयत्न गरे । तराई जागरण अभियान लिएर सुनसरी पुगेका नेपालले एमालेको जन्म नै तराईबाट भएको भन्दै तराईबाट एमाले कहिल्यै नलखेटिने अभिव्यक्ति दिदाँ कार्यक्रममा उपस्थित सबैले गडगडाहट ताली बजाएका थिए ।

करिब पाँच हजार कार्यकर्ताको उपस्थिति रहेको त्यो कार्यक्रम भब्य भएको एमाले सुनसरीका अध्यक्ष चौधरीले पहिलो न्युजलाई जानकारी दिए । उनले ‘तराई–मधेसमा एमालेलाई बिदाइ गर्न खोज्नेहरु नै बिदाइ हुने चेतावनी पनि दिए । प्रमुख अतिथि नेपालले मैथिलीमा सम्बोधन गरेपछि अन्य दुई जना केन्द्रीय सदस्यले स्थानीय भाषामा सम्बोधन गरेका थिए । पार्टी अध्यक्ष चौधरीले भने नेपालीमै सम्बोधन गरेका थिए ।  nepal3nepal2nepal1

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना